-->
प्रहरीले नै गोली हानी १० प्रहरीको हत्या
Advertisement

शुक्रबार, ७ जेठ
एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्तमा बिहीबार भएको आक्रमणमा १० जना प्रहरीको हत्या भएको छ ।
अफगानिस्तानको दक्षिणी प्रान्तमा अवस्थित जफर खेल क्षेत्रमा रहेको प्रहरी चौकीमा त्यहीँ कार्यरत एक प्रहरीले नै आफ्ना साथीलाई गोली हानी हत्या गरेका थिए ।
अफगानिस्तानको सो प्रहरी चौकीमा यसअघि पनि यस्तै घटना भएको थियो । यस पटक बुधबार राति यो हत्याकाण्ड भएको हो ।
एकजना प्रहरीले नै आफ्ना साथीहरूमाथि गोली चलाएका थिए । सो गोली प्रहारमा परी दश जनाको ज्यान गएको थियो । यो समाचारको अफगानिस्तानको गृहमन्त्रालयले पुष्टि गरेको छ ।
हत्यापछि हतियारसहित ती प्रहरी भागेका छन् । उनी भागेर कहाँ पुगे भन्ने बारेमा केही थाहा हुन सकेको छैन ।उनीहरूको हत्यापछि ती प्रहरीले आफूसँग भएका र थप हतियारसमेत लिएर प्रहरी भ्यानमै भागेका थिए ।
उक्त प्रहरी आफ्नो मान्छे भएको तालिवान विद्रोहीले जनाएका छन् । उनीहरूले उक्त घटनाको जिम्मेवारी लिँदै आफ्नो साथीले नै सो हत्याकाण्ड गरेको बताइएको छ ।
अफगानिस्तानमा यसरी प्रहरीले नै आफ्ना साथीलाई हत्यागर्ने प्रक्रिया नयाँ होइन । यसअघि पनि यस्ता घटना पटकपटक हुने गरेका थिए ।
प्रहरीले यस घटनाको अनुसन्धान गरिने जानकारी दिएको छ । अनुसन्धानका लागि प्रहरीको एक समूह खटिसकेको बताइएको छ ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.