-->
विमलकी बहिनी मनिषाको अन्त्येष्टि, आर्यघाटमा विमलले आफूलाई सम्हाल्न सकेनन्
Advertisement

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको अन्त्येष्टि गरिएको छ ।
मनिषा बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो ।
शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि उनको आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
आर्यघाट शवसँगै पुगेका विमल बहिनीको अन्तिम विदाईमा धरधरी रोएका थिए । उनकी आमाले पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् ।
बहिनीको मृत्युको खबर सुन्दा विमल बेल्जियममा थिए । अन्तिमपटक बहिनीको मुख उनी आज विहान काठमाडौं आएका थिए ।
फोटोः कृष्ण पौड्यालबाट ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.