छैन कतै कही पनि अर्थ जीवनको सजाउ जीवन लगाउ अर्थ तिम्रो जीवनको ” रत्न जीवनलाई सजाउने एउटा अंश हो । अथवा ज्योतिषिय उपचारको लागि प्रयोगमा आउने एउटा अत्यान्त महत्वपुर्ण पदार्थ अथवा वस्तु हो । ग्रह गोचरको प्रभावबाट जीवनमा आउने समस्या ग्रह गोचरलाई अनुकूल नबनाउँदा सम्म अन्यजतिसुकै उपाय अपनाएता पनि त्यो समस्याबाट छुटकारा पाइदैन । त्यो शारीरिक,मानसिक, आर्थिक ,पारिवारिक , सामाजिक शैक्षिक तथा आध्यात्मिक नै किन नहोस् ।
१. माणिक
मेष, सिंह, बृश्चिक, धनु लग्नको लागि स्वास्थ्य , शिक्षा, सन्तान सुख, सरकारी सेवा राजनीति, पदोन्नति तथा व्यापार व्यवसाय बृद्धिका साथै शरीरमा आत्मा बल बढाउने कोषलाई बृद्धि गर्न अत्यान्त महत्वपूर्ण काम गर्छ । आत्मबल बढाउने केवल तिन मात्र उपाय छन् । क) माणीक धारण ।
ख) आइतबार सूर्यको उपासना ।
ग) पिता सँग सुमधुर सम्बन्ध ।
नोट ः– यदि तापाईको अन्य लग्नमा जन्म भएको छ भने सिंह राशि हो भनेर रुवि धारण गर्नु भएमा विष पान गरे जस्तै हुन्छ ।
२. मोति
मेष, कर्कट, बृश्चिक, मिन लग्नमा जन्मिने जातकले मोति धारण गर्नाले स्वास्थ्य, शिक्षा, सन्तान सुख, सरकारी सेवा, बेरोजगारी, व्यापार व्यवसाय चिन्ता बैचनि निराश, मर्न मन लाग्ने असल बर तथा बधु प्राप्तीको साथै पढाइमा एकाग्रता बढाउन र शरीरमा मनोबल बढाउने कोशलार्ई बुद्धि गर्न अत्यान्त महत्वपूर्ण भूमिका खेल्छ ।
नोट ः– अन्य लग्नमा जन्म भएको अवस्थामा भने कर्कट राशी भएता पनि भुलेर पनि मोति धारण नगर्नु होला । राशी पत्रपत्रिका कतिपय पात्रो, गुगलमा मोति चाँदी तथा हातको कान्छि औंलामा भनेता पनि यो पुर्ण गलत छ । त्यसैले मोति धारण गर्दा साइली औंलामा सुन अथवा पञ्चधातुमा सही मुहुर्तमा प्राण प्रतिष्ठा गरेर धारण गरे मोतिले कसरी जीवनमा शत प्रतिसत सकारात्मक परिवर्तन ल्याउछ ।
३. मुगा
मेष, कर्कट, सिंह, बृश्चिक, धनु र मिन लग्नमा जन्मिने जातकका लागि मुगा धारण गर्नाले स्वास्थ्य , शिक्षा, सन्तान सुख सरकारी सेवा, रोजगारी, व्यापार, व्यवसाय शत्रुलाई पराजय गर्न , मुद्दा मामिला आफ्नो पक्षमा पार्न, जग्गा जमिन खरीद विक्रिमा सहजता बनाउन सेना पुलिसमा रोजगारीका लागि विशेष पराक्रम गरे अनुरुप प्रतिफल प्राप्त गर्न दाम्पत्य सुख रक्त सम्बन्धि समस्या तथा शरीरमा पराक्रम सम्बन्धि कोष बृद्धि गर्न अत्यान्त महत्वपूर्ण भूमिका खेल्छ ।
नोट ः– अन्य लग्नमा जन्मिने जातक अथवा व्यक्तिले भने मेष तथा बृश्चिक राशी हो भनेर मुगा धारण गरेमा ठूलो दुर्घटना निम्त्याउने छ । त्यसैले भुलेर पनि धारण नगर्नु होला ।
४. पन्ना
बृष, मिथुन, कन्या, तुला लग्नमा जन्मिने जातकले पन्ना धारण गर्नाले स्वास्थ्य , सन्तान, शिक्षा, दाम्पत्य सुख, आर्थिक उन्नति, व्यापार व्यवसाय, पढाइमा एकाग्रता, पदोन्नति तथा विदेश यात्रा र बोलीको प्रभावकारीता बृद्धिका लागि अत्यान्त उपयोगी हुन्छ ।
नोट ः– अन्य लग्नमा जन्मिने जातकको लागि भने मिथुन तथा कन्या राशि भएता पनि पन्ना धारण गर्नाले सकारात्मक प्रभाव पार्दैन त्यसैले भुुलेर पनि धारण नगर्नु होला ।
५ . पुष्पराज
मेष, बृश्चिक, धनु, मिन लग्नमा जन्मिने जातकले पुष्पराज धारण गर्नाले ज्ञान, बुद्धि, विवेक, दाम्पत्य सुख, सन्तान सुख, शिक्षा, स्वास्थ्य व्यापार व्यवसाय अध्यात्मिक उन्नती, विदेश यात्रामा राम्रो उपलब्धी गराउछ ।
नोट ः– अन्य लग्नमा जन्मिने जातकको लागि भने धनु तथा मिन राशि भएता पनि पुष्पराज भुलेर पनि धारण नगर्नु होला । यस्ले पुर्ण नकारात्मक प्रभाव पार्छ ।
६. ओप्पल
बृष, मिथुन, तुला, मकर, कुम्भ तथा कन्या लग्नमा जन्मिने जातकले ओप्पल धारण गर्नाले सुख सम्बन्धि सम्पुर्ण कुरा प्राप्त गर्न अत्यान्त महत्वपुर्ण भुमिका खेल्छ । यस्को अतिरिक्त शुरु धर्म तथा अर्थको समेत मालिक भएकोले भौतिक तथा आध्यात्मिक उन्नती र दुवैलाई सन्तुलन राख्न समेत महत्वपुर्ण भूमिका खेल्छ ।
नोट ः– अन्य लग्नमा जन्मिने जातकको लागि भने बृष तथा तुला लग्न भएता पनि ओप्पल धारण गर्नु हुदैन ।
७. निलम
बृष, तुला, मकर र कुम्भ लग्नमा जन्मिने जातकले निलम धारण गर्नाले धैर्यता, निरन्तरता, सहनशिलता, ज्ञान, बुद्धि बिबेक सन्तान सुख, दाम्पत्य सुख , बाहन सुख अथवा दुर्घटनाबाट बच्न सरकारी सेवा, नोकरीमा जस प्राप्तिको लागि व्यापार, व्यवसाय, टेक्निकल क्षेत्र, फलाम सँग जोडिएका सम्पुर्ण कारोबारको लागि तथा जीवनको उत्तरार्धलाई सुखमय बनाउन निलम अनिवार्य रत्न हो ।
नोट ः– अन्य लग्नमा जन्मिने जातकको लागि भने मकर तथा कुम्भ राशि भएता पनि निलमले सकारात्मक प्रभाव पार्दैन भुलेर पनि धारण नगर्नु होला ।
८. गोमेद तथा लसुनिया
यदि जन्म कुण्डलीमा राहु तथा केतुको प्रतक्ष्य सम्बन्ध लग्न, चतुर्थ, पञ्चम्, नवम् तथा दशम् स्थान सँग छ भने गोमेद तथा लसुनिया धारण गर्नाले बल, बुद्धि, तथा चतुर्याइमा बृद्धि गर्नुका साथै अकस्मात लाभ समेत पुर्याउछ तर अन्यस्थान सँग प्रत्यक्ष सम्बन्ध भएको अवस्थामा सकारात्मक प्रभाव भन्दा नकारात्मक प्रभाव बढी पार्ने भएकोले जन्म कुण्डली परिक्षण गरि रत्न बिद्को सल्लाह बमोजिम रत्न धारण गर्नु भएमा पुर्ण रुपमा लाभान्वित हुनु हुनेछ । जन्मकुण्डली, चिना, हस्तरेखा, प्रेम विवाह मिलान, मांगालिक दोष कालसर्प चाण्डाल दोष रत्न सम्बन्धि परामर्श सम्पुर्ण ग्रह दोष, ग्रह शान्तिको लागि तपाई विश्वको कुनैै पनि ठाउँमा भएता पनि ज्योतिषीय सेवा उपलब्ध गराइने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...