वि.सं. २०७३ साल जेठ १३ गते। बिहीबार। इश्वी सन् २०१६ मे २६ तारिख। नेपाल संवत् ११३६ बछलागा।
ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, ५:२५ बजेदेखि पञ्चमी २८:५९ बजेउप्रान्त षष्ठी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि तथा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। विविध चुनौती आइलाग्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ। आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ। रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
Leoशत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। तर, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
Virgoसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत दिलाउनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सावधान रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
Libraविगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामका लागि अनुकूल समय छ। सहयोगीहरूले उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै उछिन्न सकिनेछ। कर्मको उचित प्रतिफल पाइनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उपलब्धिले प्रसन्नता दिलाउनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आलस्य गर्दा अवसरबाट वञ्चित भइनेछ। कामको प्रक्रिया नमिल्नाले दोहोर्याउनुपर्ला। आलोचकहरूको टिप्पणीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ। पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। आफ्नै कमजोरीले अवसरबाट वञ्चित गराउन सक्छ। विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
Piscesव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...