-->
पोष्टमार्टमको रिर्पोट आयो , यस्तो छ मनिषाको मृत्युको कारण
Advertisement

काठमाडौं, १८ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीमगरको हत्यापछिको पोस्टमार्टम रिपोर्ट नवलपरासी पठाएको छ ।
शिक्षण अस्पतालको फोरेन्सिक विभागले रिपोर्ट नवलपरासी पठाएको हो । रिपोर्ट तयार पारेपनि मनिषाको हत्या वा आत्महत्या के हो भन्ने विषयमा कुनै यकिन हुन नसकेको बताइएको छ ।
फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले ह्याङगिङ (आफैं झुण्डिएको)बाट मनिषाको मृत्यु भएको बताएका छन् । रिपोर्टमा ह्याङगिङबाट मृत्यु भएको भनिएपनि प्रहरीको थप अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने बताइएको छ । रिपोर्टमा गालामा चोट लाग्नुका साथै घाँटीमा २५ सेन्टिमिटरको डाम रहेको बताइएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.