-->
कुन महिनामा जन्मेको महिलाको स्वाभाव कस्तो हुन्छ ?
Advertisement

हामी २१ औँ शताब्दीमा छाै । बिश्व विज्ञान र प्रबिधीसँग जोडिसकेको छ । संसार विज्ञान प्रविधीसँग अभ्यस्त भइसके पिन हामी अझै पनि ज्योतिषशास्त्रलाई विश्वास गर्छाै । ज्याेतिष शास्त्रले कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने कुरामा पनि अनुमान गरेकाे छ । हेराै ज्याेतिष शास्त्रका अनुसार कुन महिनामा जन्मेका महिला कस्ताे स्वभावका हुन्छन :
बैसाख : बैशाख महिनामा जन्मिएका महिलाहरु प्राय जसो सुन्दर आँखा भएका सरल स्वभाव र गुणवान् हुन्छन् । कम खर्च गर्ने थोरै कुराले समस्या टार्ने गुण यिनीहरूकाे हुन्छ । यो महिना जन्मेका महिलाले योग्य र राम्रो ब्यवहार भएको श्रीमान् पाउँछन् । क्रोध बढी भए पनि श्रीमान् बुझ्ने र शिक्षित भएको कारण घर झगडा खासै हुदैनन् । जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्दछन् ।
जेष्ठ : याे महिनामा जन्मिएका महिलाहरू तिष्ण बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र सम्पती सहज तरिकाले प्रप्त गर्छन। यो महिना जन्मेको महिलाहरु सधै सफलता हातपार्छन् । धार्मिक रुपमा बढी आस्था राख्ने गर्दछन् । जीवन साथीको राम्रो साथ पाउँछन् । उनीहरूका श्रीमान् धर्मप्रती त्यती आस्था नराख्ने भएको कारण कहिले काँही मनमुटब हुन्छन् ।
अषाढ : यो महिना जन्मेका महिलामा बोलीमा कादम्बरीको जस्तै जादु हुन्छन् । बोलीले गर्दा हरेक ठाउँमा सफल्ता पाउँछन् । श्रीमान् राम्रो स्वभाबको पाउँछन् । कडा मेहनत र संघर्ष गरे पनि मेहनत अनुसारकाे सुख पाउँन सक्दैनन् । यिनीहरूले धन जम्मा गर्न सक्दैनन् ।
साउन : यो महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी रुचि राख्ने स्वभाबको हुन्छ । यो महिना जन्मेका महिलाले सुख, दुःख, फइदा र नोक्सान समान रुपले भाेग्नु पर्छ । सन्तानबाट सुख प्रप्त गर्छन् । यो महिना जन्मेको महिलाहरु धेरै जसो समय कुनै न कुनै बिरामीबाट ग्रसित हुन्छन् । श्रीमान् र प्रेमीबाट धेरै मायाको आश राख्ने स्वभाबको हुन्छन् ।
भाद्र : मिठो बोली र सरल स्वाभाबको उनीहरुको याे महिनामा जन्मेका महिलाकाे गुण हाे । यो महिना जन्मेको महिलाले प्रेमी र श्रीमान बाट धेरै सुख र माया प्राप्त गर्छन् । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक घर झगडा भए पनि परिवारबाट प्रसंशा भने पाइरहन्छन् ।
असोज : यो महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चले हुन्छ । कसैसँग बोल्दा सर्तक भएर बाेल्ने गर्छन् । यो महिनामा जन्मेको महिलाले धन प्राप्त गर्नुका साथै श्रीमानबाट सन्तुष्ट मिल्छ । आफनो सन्तानबाट भने चिन्तित हुन्छन् ।
कार्तिक : कार्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा पोख्त हुन्छन् । मिठो बोल्ने गर्छन् । सामान्य तय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न खोज्ने स्वभावका हुन्छन्। घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा खोकीको बिमारी बढी देखिने गर्छ ।
मंसिर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो बोल्न जान्दैनन् । धार्मिक काममा बढी रुचि भएका हुन्छन् । धेरै धन कमाए पनि सञ्चित त्यती हुँदैन । उनीहरूलाई पेटसम्बन्धी समस्या बढी देखिने गर्छ ।
पुष : यो महिनामा जन्मेका महिला बढी रिसाहा हुन्छन् । यिनीहरू आफ्नै कामबाट भाग्य खोज्छन् । सबैसँग राम्रो ब्याबहार गर्छन् ।समाजमा मान सम्मान पाउँछन् । टाउको दुख्ने, वायु र वाथ रोगको समस्या यिनीहरूमा बढी हुन्छ ।
माघ : सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् । तर, अलि जिद्दी स्वभाव हुन्छन् । अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । अरुका कुरा काटेर अफुबाठो हुन खाज्ने बानी यिनीहरूमा हुन्छ । यो महिनामा जन्मिएको महिलाहरुको स्वास्थ्य त्यती राम्रो हुदैन । बेला बखत बिरामी भइराख्ने गर्छन् ।
फाल्गुन : फागुन महिनामा जन्मिएका महिला धेरै दयावान हुन्छन् । सहयोग गर्ने स्वभाबको हुन्छन् । अरुको दुःखमा बढी चिन्ता लिने गर्छन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । तर,श्रीमान् धर्म प्रती त्यती आस्था राख्ने हुदैन । यी महिलाहरू पढाइ लेखाइमा तेज हुन्छन् ।
चैत : चैत्र महिनामा जन्मिएका महिलाहरु चलाख हुन्छन् । सुन्दर र चञ्चल स्वभावका कारण अरुलाई छिटो आर्कषित गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहीँ उनीहरूमा रिसको कारण घर झगडा हुने गर्छ ।
nayapage.com बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.