समृद्धि राईले बिबिसी साझा सवालमा बोलेको यूट्यूबमा हेरेँ । विवाहको विषयमा राई र लिम्बु मन पर्दै॔न भनेकी छिन् । यसबारेमा चित्त नबुझे स्वस्थ रूपमा बहस गर्न॔ सकिन्छ। तर, केही साथीहरू अश्लिल शब्दको प्रयोग गरी तालिबानी शैलीमा समृद्धिमाथि जेहाद छेडिरहेका छन् ।
के राई र लिम्बुको पक्षमा वकालत गर्ने॔हरू शालिन र मर्या॔दित शब्दको प्रयोग गर्न॔ जान्दैनन् ? विरोधीलाई तालिबान शैलीमा प्रहार गर्नु॔ किरात संस्कृति हो ? समृद्धिलाई राई भएको नाताले आफ्नो रूची व्यक्त गर्ने॔ अधिकार छ कि छैन ? राई हुनु बित्तिकै विचार र अनुभव सबैको एउटै हुनुपर्छ॔ ?
मेरो विचारमा राई र लिम्बु केटा मन पर्दै॔न भन्ने अधिकार उनलाई छ । उनले त्यहाँ राई र लिम्बु समुदय र उनीहरुको संस्कृति खराब छ भनेकी छैनन् । त्यसैगरी, उनलाई आफ्नो विचार शालिनता पूर्वक राख्ने अधिकार छ ।
यी बहिनीलाई म चिन्दिनँ । तर उनीमाथि सामाजिक सञ्जालहरूमा ज्यादती भैरहेको छ । त्यो असह्य छ । जनजाति महिला अधिकारकर्मी॔हरू यसमा चुप हुनु खेदजनक छ ।
कृपया भद्रशैलीमा बहस होस् ।
टीकाराम राईको फेसबुक टाइमलाइनबाट ।


0 comments
प्रतिक्रिया दिनुहोस्...