-->
मनिषा घर्तीमगरको पोस्टमार्टम पछि अनौठो रुप लियो !
Advertisement

नवलपरासी, १५ जेठ । घरमै मृत फेला परेकी बर्दघाट ११ की १७ वर्षीया मनिषा घर्तीमगरको राजधानीस्थत शिक्षण अस्पतालमा शुक्रबार पोस्टमार्टम गरिएको छ ।पोस्टमार्टमपछि चिकित्सकले आत्महत्या हुन सक्ने बताएका छन् । पोस्टमार्टममा संलग्न विशेषज्ञ चिकित्सकको टोलीले उनको मुत्युमा बाह्य कारण अर्थात अरुबाट भएको भन्ने प्रमाण बलियो नदेखिएकोले आत्महत्या हुन सक्ने बताएका हुन् ।
विज्ञ हरिहर वस्तीको टोलीले मृतकका आफन्तलाई गरेको ब्रिफिङमा मृत्यु अरुबाट भएको पुष्टि हुने आधार कम देखिएकोले आत्महत्या हुन सक्ने सुनाएको अखिल नेपाल फुटबल सघका अधिकृत राजेन्द्र न्यौपानले जानकारी दिए । चिकित्सकले मृतकको शरीरमा धेरै दाग वा घाउ नदेखिएकोले अरुले मरेको जस्ता पुष्टि नहुने बताएको उनले जनाए । कान्तिपुर दैनिकबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.