-->
ओलीले बजेटबाटै दिए भारतलाई झट्का !
Advertisement

अब थप मुलुकहरुसँग व्यापार सम्झौता गर्ने
काठमाडौं, १५ जेठ । सरकारले भारतबाहेक अब थप मुलुकहरुसँग व्यापार सम्झौता गर्ने भएको छ ।
शनिबार संसदमा आर्थिक वर्ष २०७३/०७४ सालको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भारतमाथिको निर्भरता हटाउन विश्वका अन्य देशहरुसँग व्यापार सम्झौता गरिने घोषणा गरे ।
बजेटमा चीनसँग भएको पारवहन सम्झौतालाई द्रुत गतिमा कार्यान्वयन गर्ने र चीनसँग अझै थप व्यापारिक सम्झौताहरु गर्ने उल्लेख छ ।
उनले भने– ‘थप मुलुकसंग व्यापार सम्झौता गर्छौं । वीरगञ्जको एकीकृत सुरक्षा चौकी आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइने छ ।’
केपी ओली नेतृत्वको सरकारको यो बजेटबाट अब नेपाली बजारमा भारतको एकाधिकार पूर्ण रुपमा तोडिनेछ ।
यसैगरी भारतीय कम्पनीलाई दिइसकेको काठमाडौं–तराई फास्ट ट्रयाक परियोजना आफै बनाउने निर्णय र त्यसका लागि १० अर्ब बजेट छुट्याइएको छ । यो निर्णयबाट पनि भारतलाई झट्का लागेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.