-->
गाई मरेको नक्कली दृश्यमा डाँको छाडेर रुनुको रहस्य यस्तो रहेछ
Advertisement

काठमाण्डाै । नायिका करिश्मा मानन्धरको हातबाट टिका लगाइमाग्न उनकै निवास पुगे ।यो राजनीति थियो कि भावपूर्ण सम्बन्ध–भविष्यले खुला गर्ने नै छ ।
यता, दुई वर्षअघि आफ्नै आमाको देहावसान हुँदा यो सामान्य सांसारिक प्रक्रिया हो भन्दै आशुँ पनि नझारेका कृषिमन्त्री हरिबोल गजुरेल चलचित्रमा गाई मरेको नक्कली दृश्य देखेर डाँको छाड्नुको कारणचाहिँ के होला ?

सिन्धुलीमा एमाओवादी पार्टी अध्यक्ष भने हरिबोलले दुई हातले मुख छोपेर क्यामेरासामु ह्वाह्वा रुनुको कारण पार्टी कार्यालयमै छरपस्ट पारिदिएका छन् । एमाओवादीका जिल्ला अध्यक्ष राजन दाहालले मन्त्री रुनुको भित्री रहस्य दर्जन कार्यककर्तासामु खोल्दै भने यसका पाँच कारण छन् ।
सावित्री पाण्डे (मन्त्राणी) पहिलो कारण हो । उनले यसको पुष्टि गर्दै सुनाए मन्त्री भनेर कार्यकर्ता भेट्न जान्छन् तर उनलाई पटक्कै मन पर्दैन । उनले चियासियाको अफर पनि गर्दिनन् ।


अर्को कारण हो सचिवलाय । सहयोगीहरु दशतिर फर्किएका छन् । अर्कोतर्फ सिन्ुधली दुई क्षेत्र मात्र हुने र नयाँशक्तिमा लागेका गंगा श्रेष्ठसँग निर्वाचन क्षेत्र एउटै पर्नु ठूलो टाउको दुखाइको विषय हो । जनयुद्ध लगेर आएका अधिकांश नेता गंगाको साथमा छन् । अर्को टेन्सन भनेको उनलाई खुलेर सहयोग गर्ने कार्यकर्ता जिल्लामा नहुनु । अाजकाे जनआस्था साप्ताहिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.