-->
चामल नबाँड्ने, गोदाममै कुहाउने र अन्तिममा खाल्डोमा हाल्नेलाई के गर्नुपर्ला ?
Advertisement

बैशाख १५
सिन्धुपाल्चोक / विनाशकारी भूकम्पको वर्ष दिन बितिसक्दा पनि दूरदराजका भूकम्पपीडितहरुमा पेटभरी खाने सपना नै छ अझै । भूकप्पपछि पेटभरी खान नपाएका र अनिदो रात कटाउनेहरु पनि जिल्लामा धेरै छन् ।

तर पीडितहरुले आधार पेटसम्म पनि खान नपाउँदा पीडितका नाममा ल्याइएका ठूलो परिमाणको खाद्यन्न मंगलबार नष्ट गरिएको छ ।

भूकम्पपछि पीडितलाई राहतका लागि जिल्लामा आएको विश्व खाद्य कार्यक्रमले मंगलबार डेढ सय टन खाद्य सामाग्री खाल्डोमा पुरेको छ ।
पीडितलाई वितरण गर्न ल्याएको १ सय ६० टन चामल र दाल मेलचौस्थित गोदाममै कुहिएपछि विश्व खाद्य कार्यक्रमले खाल्डोमा पुरेर नष्ट गरेको हो ।
- पुर्बेलीन्युज


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.