-->
महिलाको लागि मात्र खास छन यी शहर
Advertisement

एजेन्सी । विश्वका सबै ठाउँ महिलाको लागि सुरक्षित छैनन् । अझ घुम्न मन पराउने महिला हरेक ठाउँमा घुम्न जान सजिलै योजना बनाउन सक्दैनन् । महिलालाई सुरक्षा पनि हुने र खुलेर रमाइलो गर्न सक्ने घुम्न गएको ठाउँको खोजीमा महिला हुन्छन् । त्यस्ता पाँच शहर छन् जहाँ महिलाको सुरक्षा र अावश्यकतालाई निकै ख्याल गरिन्छ ।
रेज्वैक, आइसल्याण्ड
अन्र्तराष्ट्रिय महिला ट्राभल्सले आइसल्याण्डको रेज्वैकलाई महिला सुरक्षाको लागि पहिलो स्थान दिएका को छ । यो रेटिङ ग्लोबल पीस इंडेक्समा महिलामाथि हुने यौन हिंसा र दुव्र्यबहारको आधारमा दायर भएकाृ मुद्धालाई मुल्याङकन गरेर लिइएको हो । यहाँ ग्ल्यासिएर हाइकिङ, स्कीइंग,बाइकिंग र घोडचढिको मजा लिन सकिन्छ ।
टोक्यो, जापान
टोक्योलाई यो लिस्टमा दोस्रो स्थानमा राखिएको छ । यहाँ महिलाको सुरक्षालाई खास ध्यान राखिन्छ । सुरक्षाको साथै यहाँ महिलाको आवश्यक कुराको पनि व्यवस्था गरिन्छ ।
टोरोन्टो, क्यानडा
टोरोन्टोलाई तेस्रो स्थान दिइएको छ । यहाँ घुम्नेसँगै खानपानको शौखिन महिलालाई धेरै बिकल्प छन् ।
सियोल, दक्षिण कोरिया
यहाँ महिलाको लागि सपिङ हबको व्यवस्था छ । यो शहरलाई विश्वको सुन्दर २५ शहरमा गनिन्छ ।
न्युयोर्क, अमेरीका
महिलाको सुरक्षाको हिसाबले यो शहरलाई पाँचौं स्थान दिइएको छ। महिलाको लागि घुम्न यहाँ धेरै विकल्प छ । यहाँ हरेक त्यस्ता चिज उपलब्ध छन जुन घुम्ने सौखिनले चाहन्छन् । घुम्नको लागि फरक फरक ठाउँ, नाइट लाइफ आदि मुख्य आर्कषणको केन्द्र हो । एभरेस्ट दैनिक बाट ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.