-->
याद राख्नुस नगरपालिका भित्र रहेका तपाईंको यस्ता घर सरकारले भत्काउने निर्णय गरेको छ !
Advertisement

तँपाइले घरको नक्सा पास दुई तलाको गर्नुभएको छ तर घर चाहिँ साढे तीन तल्ला छ भने एक वर्षभित्र भत्काएर नक्सा बमोजिम बनाउनु पर्ने भएको छ । सरकारले मापदण्डविपरीतका भौतिक संरचनाहरु एक वर्षभित्र भत्काउन सम्बन्धित घरधनीहरुलाई आग्रह गरेको छ ।
सरकारले गरेको आग्रह अवज्ञा गरेमा घरधनीको खर्चमा स्थानीय निकासय आफैले ती भवन भत्काउने र खर्चचाहिँ घरधनीबाटै तिराइनेछ ।
‘नगरपालिका क्षेत्रका मापदण्डविपरीत निर्माण गरिएका संरचनाहरु सम्बन्धित घरधनीहरुले भत्काउने व्यवस्था गरिएको छ’ सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले भने, ‘यदि, घरधनी आफैंले नभत्काएमा सम्बन्धित नगरपालिकाले भौतिक संरचना भत्काउँदा लाग्ने खर्च घरधनीबाट तिराइने छ । ’
उनका अनुसार राष्ट्रिय विपत्तिमा भत्किएका अधिकांश भवन मापदण्डविपरीतका भएको पाइएको छ । भूकम्पले जनधनको बढी हुनुमा मापदण्डविपरीतका भवनहरु नै मुख्य कारक भएको विज्ञहरुले बताउँदै आएका छन् ।लाइटनेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.