-->
३ दिनका लागि दीपिकाले मागिन् ८ करोड
Advertisement

हलिउड चलचित्रमा अभिनय गरेपछि नायिका दीपिका पादुकोणको बजार भ्यालु आकासिएको छ । दीपिका अब बलिउडका सुपरस्टार साहरुख-सलमान खान जस्तै महंगी भएकी छिन् । दीपिकाले एक एयरलाइन्सको विज्ञापन सुटिङका लागि ३ दिनको ८ करोड मागेकी छिन् ।
एयरलाइन्स र दीपिकाविच अझै संझौता भैसकेको छैन । दीपिकाले मागेको यो रकम बलिउडका सुपरस्टार नायकहरुले लिदै आएका छन् । दीपिकाले यसअघि एक दिनको एकदेखि डेढ करोडसम्म लिदै आएकी थिइन् ।
एयरलाइन्सको विज्ञापनका लागि ३ दिन सुट गर्दा दीपिकाले ८ करोड मागेपछि अहिले यसले चर्चा पाएको छ । यदि, यो डिल फाइनल भयो भने दीपिका सर्वाधिक महंगी नायिका बन्नेछिन् ।
बलिउडका कलाकारहरुको आम्दानीको श्रोतमध्ये विज्ञापन प्रमुख हो । जसबाट उनीहरुले बर्षमा करोडौ रकम कमाउँछन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.