-->
नेपाल प्रहरीमा जागिर खाएकाहरुलाई खुशीको खवर, संयुक्त राष्ट्रसंघले दिदैछ यस्ताे अबसर
Advertisement

काठमाडौं, २८ जेठ – संयुक्त राष्ट्रसंघले द्वन्द्वबाट शान्ति स्थापनातर्फ अघि बढेका देशहरूमा सेनाका सट्टा प्रहरीलाई प्राथमिकता दिने भएको छ । त्यस्ता देशमा महिला तथा बालबालिकाको सुरक्षामा सेनाभन्दा प्रहरी प्रभावकारी देखिएको भन्दै प्रहरीलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

यही २० र २१ मा अमेरिका सम्पन्न राष्ट्रसंघीय प्रहरी प्रमुख (युएन कप्स) को सम्मेलन शान्ति मिसनमा कार्यरत उच्च अधिकारीहरूले प्रतिवेदन पेस गर्दै द्वन्द्वग्रस्त धेरैजसो देशमा सेनाभन्दा प्रहरीको काम प्रभावकारी भएको बताएका थिए । युद्ध भइरहेका मुलुकमा सेनाकै प्रभावकारी भए अन्य देशमा अर्धसैन्य बल र सिभिल प्रहरीको काम प्रभावकारी देखिएका आधारमा ती देशमा आगामी दिनमा प्रहरीलाई प्राथमिकता दिने निर्णय गरिएको छ ।

उच्च पदमा भने प्रतिनिधित्व न्यून
राष्ट्रसंघीय शान्ति मिसनमा धेरै सुरक्षाकर्मी खटिने मुलुकमा नेपालमा छैटौँ स्थानमा पर्दछ । नेपाली साहसी र कर्तव्यनिष्ठ भएकाले शान्ति मिसनमा धेरै अवसर पाउँदै आएका छन् । तर, मिसनका उच्च पदमा भने नेपाली अधिकारीले थोरै मात्र अवसर पाएका छन् ।

सम्मेलनमा दुवै आइजिपीले यो विषय उठाएका थिए ।सन् १९५८ देखि नेपाली सेना शान्ति मिसनमा खटिँदै आएको छ । हालसम्म एक लाख ११ हजार सैनिकले शान्ति मिसनमा काम गरिसकेका छन् । हाल करिब पाँच हजार नेपाली सुरक्षाकर्मी विभिन्न १६ वटा द्वन्द्वग्रस्त देशमा कार्यरत छन् । नेपाली सेनाबाट मात्र हाल विभिन्न देशमा चार हजार तीनजना खटिएका छन् । त्यस्तै, नेपाल प्रहरी दुई दशकदेखि तथा सशस्त्र प्रहरी पनि स्थापनाकालदेखि नै शान्ति मिसनमा सहभागी हुँदै आएको छ ।

‘डिल’ गर्न प्रहरी बढी दक्ष
द्वन्द्वग्रस्त देशहरूमा खटिादा सर्वसाधारणसँग ‘डिल’ गर्ने अनुभव र क्षमता सेनाभन्दा प्रहरीमा राम्रो देखिएको छ । सम्मेलनमा नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका आइजिपी दुर्जकुमार राई सहभागी थिए ।

सम्मेलनमा आइजिपी अर्यालले शान्ति मिसनमा नेपालले महत्त्वपूर्ण योगदान दिएको, तर त्यसअनुसार उच्च व्यवस्थापकीय पदमा जिम्मेवारी पाउनुपर्ने माग गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिँदै आएका विश्वका ११० देशका प्रहरी प्रमुख सम्मेलनमा सहभागी थिए । राष्ट्रसंघले पहिलोपटक यस्तो सम्मेलन आयोजना गरेको हो ।
नयाँ पत्रिका दैनिकबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.