-->
खानामा नुन हाल्नुअघि ध्यान दिनुस् यी कुरा
Advertisement

 नुनले ब्लड सुगरको स्तरलाई कम गर्छ, यसले गर्दा डाइबिटिजबाट पीडित मानिसलाई इन्सुलिनको आवश्यकता कम पर्छ । साथै मांसपेशीलाई सुचारु गर्न पनि नुनको अहम् भूमिका हुन्छ ।


बदलिँदो जीवनशैलीसँगै हाम्रो खानपान पनि परवर्तन हुँदैंछ । खानाको टेबलदेखि फास्टफुडसम्म सबैमा नुनै–नुन अत्यधिक पाइन्छ । यसकारण चर्को नुन खाने बानी हुन्छ मानिसहरुमा । तर, चर्को नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । लामो र स्वस्थ जीवनका लागि नुनको कम सेवन नै उपयुक्त हुन्छ । किन चाहिन्छ नुन हामीलाई ? खानालाई अवशोषित गर्न नुनको आवश्यकता हुन्छ । नुनले मष्तिष्कको कोशिकाबाट एसिडिटीलाई बाहिर निकाल्छ । नुनविना मिर्गौलाले पनि ठीकसंग काम गर्न सक्दैन । नुनले तनाव र भावनात्मक समस्यामा पनि राहत दिन्छ । यसले ब्लड  सुगको स्तरलाई कम गर्छ र डाइबिटिजबाट पीडित मानिसहरुलाई इन्सुलिनको आवश्यकता पनि कम पर्छ । साथै मांसपेशीलाई सुचारु गर्न पनि नुनको अहम् भूमिका हुन्छ । रक्तचापमा फाइदा बेलायती पत्रिका डेली मेलमा प्रकाशित एक अनुसन्धानअनुसार रक्तचापको मामलामा नुनको भूमिका त्यति नोक्सानदायक हुँदैंन, जति हामी सोच्छौं । ८ हजार फ्रेन्चमा गरिएको एक अध्ययनका क्रममा उच्च रक्तचापका बिरामीको उमेर, रक्सी सेवनको दर, बडी मास इन्डेक्सलगायत स्तरमा अध्ययन गरिएको थियो । त्यसैअनुसार रक्तचापमा नुनको भूमिका नोक्सानदायी नभएको निष्कर्ष निकालिएको हो । आयोडिनको भरपूर मात्रा बढी नुनले असर गर्छ भने खानै छाड्नैचाहिँ गर्नुहुन्न । कस्तो नुन खाइएको छ भनेर पनि ध्यान दिनुपर्छ । डाक्टरहरुका अनुसार नुन आयोडिनयुक्त हुनु आवश्यक छ । आयोडिनको कमीले कण्ठरोग लाग्ने सम्भावना हुन्छ । आयोडिन बढी पाइन्छ भनेर नुन बढी पनि खानुहुन्न । आयोडिन आलू तथा हरिया सागसब्जीमा पनि पाइन्छ । हृदयाघातबाट बचाउँछ एक अध्ययनका क्रममा कम नुन खाने व्यक्तिमा बढी नुन खाने व्यक्तिको तुलनामा हृदयाघातको खतरा बढी रहेको पाइएको थियो । यो अध्ययन अमेरिकाको अमेरिकन अफ जनरल एशोसियसनले गरेको थियो । अकाल मृत्युलाई कम गर्न आजकाल बजारमा पाइने जंकफुडमा नुनको मात्रा बढी पाइन्छ । यस्ता खानाले स्ट्रोकको गम्भीर खतरा बढाउन सक्छ । विश्वमा बर्सेनि लाखौं मानिस हृदयरोग एवं स्ट्रोकका कारण मर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक भोजमा नुन समावेश गर्ने हो भने विश्वमा हरेक वर्ष हुने २५ लाख अकाल मृत्युलाई कम गर्न सकिन्छ । कति सेवन गर्ने नुन बढी नुन उच्च रक्तचाप र कम नुन न्युन रक्तचापको कारण बन्छ । कम या अधिक मात्रामा नुनको सेवनले मांसपेशीको ऐंठन हुन्छ । यसकारण नुन उचित मात्रामा सेवन गर्नु जरुरी हुन्छ । डब्लुएचओका अनुसार उच्च रक्तचापको शिकार भएका मानिसहरुले दैनिक बढीमा ३ चम्चाभन्दा बढी नुन खानु हुन्न । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.