राती ९ बजे फोनको घण्टी बज्यो एउटा बहिनी अस्पतालमा छ । जसरी नि त्यो नानीलाई रेस्क्यू गर्नु पर्यो । सजिलो छैन । एकदमै बिचार पुर्याउनु पर्छ भन्यो । उनी त्यही बहिनी थिइन् । जसको बारेमा मैले बैशाखको महिनामा उनको बारेमा थाहा पाएकी थिए । मेरो दिमागमा केही आएन मेरो धर्म र कर्मले हुन्छ भन्यो । मैले राती ९ः३० मा हाम्रो हिमाल खबरका सम्पादकलाई फोन गरे ।
उठेन र म्यासेज गरे सर म भोली बिहान बुवाबाट नै ८ वर्ष देखी बलत्कृत हुदै आएकी युवती अस्पतालमा जीवन मरणको दोसादमा छ । म रिर्पोटिङ प्लस रेस्क्यूमा जादै छु भनेर जानकारी गराए । केही बेर पछि हुन्छ भनेर जवाफ आयो । रातभरी कसरी जाने ? के गर्ने भनेर सोचीरहे ।
भदौ ९ गते बिहान ६ बजे म मेरो स्कुटर र क्यामेरा लिएर हिडे । धुलीखेल अस्पतालको अवस्था अनुसार ७ बजे भित्र पुगेर त्यो बहिनीलाई भेटी सक्नु पर्ने थियो । धुलीखेल अस्पतालमा पुगे । जनरल वार्डमा थिइन् । हल्का आकाशी रङ्गको गाउन लगाएर बेहोस भएर बेडमा सिमा (नाम परिर्वतन) पल्टीरहेक थिइन् ।
मैले उनको नाम अरु बिरामीका कुरुवालाई सोध्दा उनी हतारले बिउझिएर मलाई हेरीन् । उनको कुरूवा आमा थिइन् । जो एक छिन बाहिर निस्केकी थिइन् । मैले बहिनी तिमी नडराउ म तिमीलाई के भएको हो ? वास्तवीक कुरा बुझ्न आएकी हुँ भने । उनी डराईन । तिमी नडराउ । तिम्रो बारेमा बुझ्न आएको हो । तिमीलाई यहाँबाट लिन आएको भन्दा । “उनले मलाई हात जोडेर मलाई बचाउनुस् । मलाई यदी बचाएन भने म फेरी मर्छु ।
‘मलाई त्यो पात्की (बुवा) ले पटक पटक बलत्कार गर्यो । मलाई बुवा भन्ने मन लाग्दैन । पात्तकी भन्छु । घरमा दुई वहिनी र एक भाई मध्ये म जेठी हुँ । म कक्षा ६ मा पढ्दा मलाई हजुरबुवा इन्द्र बहादुर कार्कीले बलत्कार गर्नुु भयो तिन पटक (यो घटना बाहिर आएपछि विष सेवन गरेर आत्महत्या गरीसकेकाछन् ) त्यो बेला सानी थिए ।
जसरी हुन्छ यहाँबाट निकाल्नुस् भनीन् तर उनले जे अस्पतालको बेडबाट भन्दै थिइन् । त्यो प्रमाण मैले जुटाउनु थियो । उनी श्वास रोकी रोकी बोल्दै थिइन् । त्यत्तीकैमा उनकी आमा आइन् । मनमा चसक्क पनि भयो तर मैले अली ठुलो स्वरमा सिमा कि आमा रिता (नाम परिर्वतन) तपाई नै हो भनेर सोधे । उनले हो भनीन् । म इन्सपेक्टर दिप्ती बिष्ट।
प्रहरी कार्यालय काठमाण्डौबाट आएको भनेर परिचय दिए । बाध्यता थियो । त्यहाको परिस्थती हेरेर त्यो परिचय दिन उपयुक्त ठाने । तपाईको छोरीले विष सेवन गरेको रहेछ । त्यही कारण पत्ता लगाउन आएको । तपाई एक छिन बाहिर जानूस् । मलाई बयान लिनु छ भने । ऊ डराएर बाहिर गइन् ।
फेरी सविना डराएको स्वरमा काप्दै भनिन् , ‘मलाई त्यो पात्की (बुवा) ले पटक पटक बलत्कार गर्यो । मलाई बुवा भन्ने मन लाग्दैन । पात्तकी भन्छु । घरमा दुई वहिनी र एक भाई मध्ये म जेठी हुँ । म कक्षा ६ मा पढ्दा मलाई हजुरबुवा इन्द्र बहादुर कार्र्कीले बलत्कार गुर्न भयो तिन पटक (यो घटना बाहिर आएपछि विष सेवन गरेर आत्महत्या गरीसकेकाछन् ) त्यो बेला सानी थिए । पिडा हुन्थ्यो । रगत बग्यो तर पनि केही थाहा भएन हजूर बुवाले अस्पताल लग्यो निको भयो ।
आमाले केही भन्नु भएन । पछि ठुली भए । कक्षा ९ मा बढ्दै थिए । बुवा मकाउबाट घर आए । बुवाले पहिले देखि मलाई चुम्पी गर्ने शरिर चलाउने, अंगालो हाल्ने गर्नुहुन्थ्यो । मैले चाहि बुवाले माया गर्नु भएको होला भन्थे । मम्मी फुपुलाई हेर्न अस्पताल गएको गएको रात पनि उसले मलाई चलाउने चुम्पी गर्न काम गरिरहेको थियो । त्यही बेला आफ्नो कोठामा टिभि हेर्न बोलायो । म बहिनीहरुलाई लिएर टिभि हेर्न गएँ । त्यसको केही समयपछि उनीहरु कोठामा गएर सुते ।
एक्लै भएको बेला उसले मलाई पहिले हात समात्यो त्यसपछि आफुमाथी राख्यो र अनी सुतायो । त्यसपछि म झसंग भए र भने के गर्नु थाल्नु भयो ? के भयो भनेर भने । उसले केही होइन चुप लाग भन्यो । त्यो बेला मलाई कस्तो भयो कस्तो । मैले म सुत्न जान्छु भने उसले चुप लाग एक छिन हो केही हुदैन भन्यो । मेरो हात जोडले समात्यो । मैले नाइ नाई भने उसले मेरो मुख थुन्यो, हात बाँधिदियो, मेरो खुट्टालाई उसको खुट्टाले च्याप्यो । मेरो तल लगाएको कपडा खोलिदियो । फेरी हात फुकाएर माथीको कपडा पनि खोलिदियो । मलाई पहिलो पटक जवरजस्ती बलात्कार गरयो । ‘
यसपछि संसारमा नभोगिएका दुःख शुरु भए । पटक पटक बलत्कार हुदाका पिडा न भन्न सके न भाग्न सके । उसको डर धम्की र त्रासले मैले केही आवाज उठाउन सकिन । अती नै हुन थाले पछि मलाई त्यो घरको भित्ता भित्ताले पनि पोल्न थाल्यो । ३० साउनमा पिडा सहन नसकेर धुलीखेलको जंगलमा गएर मेटासिड खाएँ ।
धुलीखेल अस्पतालमा ३ दिन सम्म आईसियूमा राखे पछि होस खुलेको हो । विष सेवन गर्नु अघि डायरी लेखे ‘हजूर बुवा र बुवाको श्रीमती हुनुभन्दा मर्नु वेस’ । मलाई सबै समाजले नराम्रो भन्ला । बाजे र बुवालाई आरोप लगाई भन्लान् तर म मरे पछि मेरो डिएन ए टेस्ट गराएपछि सबै कुरा छर्लङ्ग हुन्छ भनेर लेखेकी थिएँ । पछि घटना स्थलमा रहेको २,३ जना स्थानियले त्यो डायरी पाएछन् र बुवा प्रकाशले त्यो डायरी च्यातेर फ्याके छन् ।
यत्ती कुरा मलाई सुनाउदै गर्दा मैले मोवाइमा आवाज र भिडियो रेकर्ड गरिसकेकी थिए । त्यत्तीकैमा उनकी आमाले फोन गरेर आफन्तलाई बोलाई सकेकी रहीछन् । मैले सिमाको हात सुमसुमाए र बाहिर गए । पछि डक्टरसँग कुरा गर्दा पनि उनले बयानमा त्यही भनेकी थिइन् । जुन रिपोर्ट सिमाको बुवाले पैसाको लोभ देखाएर जसरी भएपनि अस्पतालबाट गायव गर्न खोजिरहेको थाहा पाए । म बाहिर गए । मेरो पछि सिमाकी आमाले बोलाएको केटा पछ्याउदै थियो । स्कुटर निकाले । त्यो मान्छे पछि पछि आयो । त्यसले बाइक निकाल्दा । म अगाडी गएर दुईबटा रोकिएको बस स्थानमा गएर छेकिए ।
मैले नाइ नाई भने उसले मेरो मुख थुन्यो, हात बाँधिदियो, मेरो खुट्टालाई उसको खुट्टाले च्याप्यो । मेरो तल लगाएको कपडा खोलिदियो। फेरी हात फुकाएर माथीको कपडा पनि खोलिदियो । मलाई पहिलो पटक जवरजस्ती बलात्कार गर्यो । ‘


0 comments
प्रतिक्रिया दिनुहोस्...