घरबेटीकी छोरीको मुख थुनेर बलात्कार
वीरगन्जः डेरा बस्दै आएको घरकी १२ वर्षीय बालिकालाई एक युवकले घरको छतमा लगेर बलात्कारगरेको खुलासा भएको छ ।
गत बुधबार वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ रामटोल घर भएकी बालिकालाई उनकै घरमा डेरा बस्ने युवाले छतमा लगेर बलात्कारगरेको खुलेको हो ।
बालिकाको घरमा डेरा गरी बस्ने १९ बर्षीय राजा शेखले घरबेटीकी १२ बर्षीया छोरीलाई दिउँसै बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शेखले बुधबार दिउँसो साढे दुई बजेतिर बालिकालाई जबरजस्ती घरको छतमा लगेर बलात्कारगरेका थिए ।
धोएको कपडा छतमा सुकाएर फर्कदै गरेकी बालिकालाई शेखले मुख थुनेर दुव्र्यवहार गरेको देखेर बालिकाका भाइले होहल्ला गरेका थिए ।
बालिकाको भाइले होहल्ला गर्नसाथ शेख भागेका थिए । पीडित बालिकाका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । फरार शेखलाई प्रहरीले बिहीबार नै पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
प्रहरीले पीडित बालिका र आरोपित शेखको नारायणी उपक्षेत्रीय अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण गराएको छ ।
पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । अस्पतालबाट स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कारबाही प्रकृया अगाडि बढाइने प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
यस्तै, गत जेठ १२ गते पर्साको चोर्नी गाविसमा पनि दुई युवकले एक बालिकालाई बलात्कारगरेका थिए ।
चोर्नी गाविस वडा नम्बर ४ का १८ बर्षीय अनिल महत्तो र उपेन्द्र पासवानले स्थानीय १० बर्षीया बालिकालाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।आरोपित दुवै युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ १२ गते राति ९ बजे तिर घर नजिकै पानी लिन गएकी बालिकालाई महत्तो र पासवानले हातखुटुटा समातेर चापकल भएको स्थान भन्दा पाँच सय मिटरको दुरीमा रहेको चौरमा लगेका थिए ।
चौरमा लगेपछि दुवै जनाले पालैपालो जबरजस्ती बलात्कारगरेको पीडित बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटना १२ गते भएको भए पनि पीडित बालिकाका बुबाले जेठ १६ गते मात्र प्रहरीमा उजुरी दिएका थिए ।
उजुरीको आधारमा आरोपितद्वय महत्तो र पासवानलाइ जेठ १६ गते नै पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
पीडित बालिका र आरोपित दुवै युवकको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि आवश्यक कार्वाही प्रकृया अगाडि बढाइने प्रहरीले बताएको छ ।
पर्सामा चालु आर्थिक वर्षमा बलात्कारसम्बन्धि १९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत साउन देखि जेठ १९ गतेसम्म बलात्कारसम्बन्धि १९ मुद्दा दर्ता भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
दर्ता मुद्दामध्ये जबरजस्ती करणीका १३ र जबरजस्ती करणी उद्योगका सात वटा मुद्दा दर्ता भएको श्रेष्ठले जानकारी दिए ।
बलात्कारमा संलग्न १९ पक्राउ परिसकेको र आठ फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा भने पर्सामा जबरजस्ती करणी सम्बन्धि २१ वटा मुद्दा दर्ता भएका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...