-->
घिउ कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदानः
Advertisement

घ्यू कुमारी(एलोवेराः) सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदानः एलोवेरालाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । यसमा मानव सरिरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्को श्रोतको रुपमा लिने गरिन्छ ।
एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । एलोवेरा जूसको सेवन गर्नाले पेटको रोग जस्तै वायु अल्सर अम्लपित्त आदिको सिकायत हटेर जाने गर्दछ । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यस्ले छालाको नरमपनलाई कायम राख्दछ ।गर्मिमा सनबर्नलाई रोकेर छालाको सुरक्षा गर्दछ । छालामा चाहिने आवश्यक म्वाइस्चर यस्ले प्रदान गर्दछ । सनबर्न समाप्त गरी सनस्क्रिनको काम यस्ले गर्दछ । एलोवेरा छालाको टोनरको रुपमा काम गर्दछ । छालाको नियमित सफाई तथा छालाबाट निस्कने तेललाई सफा गर्दछ । डण्डिफोर जस्ता छालामा आउँने सबै प्रकारका घाउँ खटिराहरुबाट छालालाई बचाउने गर्दछ ।
कपालको लागि एलोवेराः एलोवेराले कपाल सुन्दर र चमकिलो बनाउँने तथा कपालको जरा समेत मजबुत बनाउँने तथा कपाललाई नयाँ जीवन प्रदान गर्दछ । कपाल झर्ने रुखो कपाल कपालमा चाया आदि सबै कपाल सम्बन्धी समस्यामा यस्ले फाइदा गर्दछ । यस्को जेललाई आधाघण्टा लगाएर सफा गर्न सकिन्छ । यस्लाई महिनमा दुई पटक मात्र लगाएमा केही महिनामा यस्को नतिजा आउन थाल्दछ । कपाल चिल्लो वा तेलिय भएमा सो समेत यस्को प्रयोगबाट निर्मुल हुन्छ । एलोवेरा जेलको प्रयोगबाट गंजेपन को समस्यापनि रहन्न । यस्लाई स्कॉल्प मा लगाउँनाले स्याम्पुको काम गर्दछ । यस्को प्रयोगबाट कपाल बाक्लो लामो तथा सुन्दर बन्दछ । एलोवेरा को कुनै साइड इफेक्ट हुदैन । यस्लाई कपालको प्रभावित क्षेत्रमा सिधै लगाउन सकिन्छ । यस्को प्रयोगले कपाल बढ्न समेत मदत गर्दछ ।कपाललाई नरम चमकदार तथा लामो बनाउँन आफैले घरमा सेम्पु बनाउन सकिन्छ । यस्कोलागि एलोवेराको जुसमा नरिवलको तेल दुध तथा गहुँ मिलाएर बनाउँन सकिन्छ । यस्का २५ उपयोग निम्नानुसार छन् :-
आँखाको रोगमा
घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।
कानको रोगमा
घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।
मस्तिष्कको रोगमा
नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।
पुरानो ज्वरोमा
घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।
जण्डीस, कमलपित्त भएमा
बिहान बेलुका १\१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।
खटिरामा
घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।
वायुगोला\गानो गएमाः
१ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खालीपेट केही दिन खाएमा ठीक हुन्छ ।
चिनी रोग (डाइबेटिज) मा
१ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।
यौवनवान बनिरहन
२ चम्चा घ्यू कुमारीको गुदी बिहान\बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।
कुनै पनि विषमा
घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।
टाउको दुखेमा
घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।
पेटमा गाँठो देखिएमा
घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।
बच्चालाई कब्जिएत भएमा
घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।
वाथ भएमा
घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
मर्केको, चोट लागेको र सुनिएकोमा
घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।
दाद आएमा
घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
सावधानी: गर्भवती महिला तथा पाँच वर्ष भन्दा कम उमेरका बच्चाले घृतकुमारी-एलोविरा को आन्तरिक सेवन गर्न सख्त मनाही छ ।
स्रोत:नेपाली विकिपिडिय


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.