-->
यी चार स्त्रीसँग गर्नु हुँदैन विवाह, पढौँ के लेखिएको छ विष्णु पुराणमा
Advertisement

मानव जीवनको १६ संस्कार मध्य एक महत्वपूर्ण संस्कार विवाह पनि हो । सफल वैवाहीक जीवनका लागि मानिसहरुलाई आफेना जीवनमा एक असल जीवन साथीको आवश्यकता पर्दछ । कतिपय मानिसहरुको वैवाहिक जीवनमा विवाहपछि विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ ।

त्यसैले पनि आफू र आफ्नो परिवारका सदस्यलाई प्रेमपूर्वक व्यवहार गर्ने श्रीमती वैवाहिक जीवनमा आवश्यक हुन्छिन् । विष्णु पुराणमा स्त्रीका बारेमा धेरै कुरा भनिएका छन् । यस पुराणमा यस्ता ४ कुरा बताइएका छन् जससँग विवाह गर्नु हुँदैन । पढौँ के रहेछन् त ति कुराहरु ।

१. खराब बोल्ने: भनिन्छ बोलीमा नै सरस्वतीको बास हुन्छ । जो महिला सुमधुर बोल्ने हुन्छन् उसबाट सरस्वती प्रसन्न हुन्छिन् । खराब वा रुष्ट शब्द बोल्ने स्त्री उसको भाषा जस्तै खराव हुन्छिन् । यस्ती स्त्रीका कारण घरमा अशान्तिको वातावरण बन्छ । त्यसैले यस्ती स्त्रीसँग विवाह गर्नु हुँदैन ।

२. धेरै बेर सुत्ने: धेरैबेर सुत्ने महिलाले पारिवारीक जिम्मेवारी पुरा गर्न सक्दैनन् । धेरैबेर सुत्नु अल्छीको निशानी हो । अल्छी स्त्री घरलाई सफा राख्न सक्दैनिन् । घरमा लक्ष्मीको बास बनायराख्नका लागि सरसफाई आवश्यक मानिन्छ । साथै धेरैबेर सुत्नु थुप्रै बिरामीको कारण पनि हुन सक्छ ।
३. आमाबुबाको पक्षबाट कु

नै सम्बन्ध भएकोः कोही पनि मानिसलाई त्यो स्त्रीसँग कहिल्यै विवाह गर्नु हुँदैन जसको आफ्नो आमाबुबासँग सम्बन्ध रहेको हुन्छ । शास्त्रमा आफन्त वा एउटै गोत्रमा विवाह गर्नु उत्तम मानिदैन । जसका कारण जन्मजात बिरामी हुने सम्भावना पनि हुन्छ । स्त्रीको आमा पक्षबाट पाँचौ पिढीसम्म र बाबु पक्षको सातौँ पिढीसम्म विवाह गर्नु हुँदैन ।

४. पापी पुरुषसँग सम्बन्ध राख्नेः स्त्रीले पापी पुरुषसँग सम्बन्ध बनाउनु हुँदेन । जसकारण उनी कुनैबेला पनि समस्यामा पर्न सक्छिन् । पापी पूरुष सो स्त्रीको उपयोग आफ्नो नीजि स्वार्थका लागि गर्न सम्छ । उसको संगतमा बस्ने स्त्रीको स्वभाव पनि त्यस्तै हुन सक्छ । जसका कारण उसको चरित्रमा पनि दाग लाग्न सक्छ । त्यसैले पापी मानिससँग सम्बन्ध राख्ने स्त्रीसँग विवाह गर्नु हुँदैन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.