-->
दशरथ रङगशालामा करिश्माको सातो लिने यी को हुन् ?
Advertisement

काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा अभिनेत्री समेत रहेकी करिश्मा मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीका विषयमा अन्टसन्ट बोलेपछि दशरथ रङ्गशाला एकछिन् तात्तिएको छ ।
उद्घोषक करिश्माले प्रदीप गिरीको नाम शुद्धसँग उच्चारण गर्न नजानेपछि प्रदीपले मञ्चबाटै करिश्मालाई ‘उद्घोषक सुन्दरी’को संज्ञा दिएका थिए । प्रदीप गिरीले अगाडि भने, ‘उद्घोषक सुन्दरीले भने जस्तो म भट्टराई वा डाक्टर कोही पनि होइन । मेरो परिचय यत्ति नै हो ।’
करिश्मा मानन्धरले उद्घोषणका क्रममा नाम चलेका शीर्ष नेताहरुको नामै राम्रोसँग उच्चारण गर्न सकेकी थिइनन् । प्रदीप गिरीले आलोचना गरेपछि करिश्माले भनिन्, ‘म अलि छिटो बोल्ने गरेकी छु, त्यही भएर गल्ती हुने गरेको छ । अबदेखि म सुध्रिने प्रयास गर्ने छु, सर ।’
उद्घोषणका क्रममा करिश्माले धेरै नै बिगारेपछि पाशाङ शेर्पा आएर केही सुधारको प्रयास गरेका थिए ।
यतिसम्मकी करिश्माले उद्घोषका क्रममा प्रधानमन्त्रीलाई ‘केपीजी’ साढे तीन बजे आउँदै हुनुहुन्छ भनेर सभालाई जानकारी दिएकी थिइन् । तर, उनले मुलुकको प्रधानमन्त्रीको पूरा नाम लिने हिम्मत गरिनन् ।
कार्यक्रम विगार्दै गएकी करिश्माले शेरबहादुर देउवाका विषयमा पनि अन्टसन्ट बोलेकी थिइन । करिश्माले भनिन्, ‘शेरबहादुर दाईसँग पनि राम्रो छ । आरजु भाउजुसँग पनि राम्रो छ ।
रातो साडीमा रहेकी करिश्माको यस्तो कार्यको सबैले अलोचना गरेका छन् । प्रधानमन्त्रीको नाम सम्मानका साथ लिन नसक्नेले कसरी राजनीति गर्ने हो भनेर टिकाटिप्पणी गरेका छन् ।
नयाँ शक्ति नेपालको घोषणा सभामा गायक रामकृष्ण ढकालले गीत गाएर मनोरञ्जन दिएका छन् । उनी घोषणा सभामा पैसा लिएर गाएका हुन् वा नयाँ शक्तिको सदस्य भएर गाएका हुन् त्यसबारेमा भने करिश्माले केही बताइनन् । दैनिक नेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.