थाहा पाउनुहोस् साँचो माया गर्ने युवकको ६ वटा बानी
डिसीनेपाल डटकम – दैनिक जीवनमा हामी विभिन्न समयमा विभिन्न किसिमका व्यक्तिहरुसँग भेटिरहेका हुन्छौँ । तर चोखो प्रेम केवल एक व्यक्तिसँग मात्र हुन्छ । प्रेम यस्तो फिलिङ हो जसलाई शब्दमा बयान गर्न कठिन हुन्छ । जो व्यक्ति प्रेमा पर्दछ उसको व्यवहारमा बदलाव पक्कै देखिन्छ । आज हामी निस्वार्थ प्रेममा परेका युवाहरुले गर्ने ६ व्यवहारको बारेमा उल्लेख गर्छौँ ।
१.निस्वार्थ तथा चोखो माया गर्ने युवकले बेकारको कुराहरु गर्दैन । किनकी ऊ प्रेमिकासँग बसेर भविष्यको बारेमा कुरा गर्न मन पराउँछ ।
२. चोखो माया गर्ने युवकले आफ्नो प्रेमको कुरा कसैसँग पनि लुकाउन चाहँदैन । ऊ आफ्नो साथी, भाई–बहिनी तथा आमासँग प्रेमिकालाई भेट गराउन आतुर हुन्छ ।
३. युवतीको चोखो मायामा विश्वास गर्ने युवकहरु केटीको घर परिवारको बारेमा जानकारी लिन उत्सुक हुन्छ ।
४. यस्तो युवक वा प्रेमी युवतीको भविष्यको बारेमा चिन्तित हुन्छ र यसको बारेमा समय समय कुरा गर्न पनि रुचाउँछ ।
५. यस्तो अवस्थामा युवक अचानक युवती प्रति हेरविचार राख्दछ साथै युवतीलाई हर तरिकाले खुशी दिन चाहन्छ ।
६. साँचो माया भएका युवकहरु अचानक हरेक कुरामा युवती प्रति विश्वास गर्ने गर्छन् ।
dcnepal


0 comments
प्रतिक्रिया दिनुहोस्...