-->
१८ वर्षिया युवती अञ्जुले ५ जनालाई दिइन् नयाँ जीवन
Advertisement

चण्डीगढ, २६ जेठ । सवारी दुर्घटनामा परेर ब्रेन डेड घोषित १८ वर्षिया युवती अञ्जु धिमानले जाँदा-जाँदै अरु ५ जनालाई नयाँ जीवन दिइन् ।

उनको दुवै किड्नी, लिवर तथा दुवै आँखाको कोर्निया दान दिएर ५ जनालाई नयाँ जीवन दिइएको हो ।
उनको मुटुपनि अरु कसैलाई दिने तयारी थियो, तर उपर्युक्त रिप्लेसमेन्ट पाउन सकिएन । त्यसैले त्यो भने दिन मिलेन ।

‘हाम्री छोरीले सायद अरुलाई नयाँ जीवन दिनकै लागि यो संसारमा जन्म लिएकी रहिछिन् । उनी सानैबाट निकै दानी स्वभावकी थिइन् । आफ्ना खेलौनाहरु अरुलाई दिन्थिन्, खान ठिक्क परेको प्लेटको भात पनि कोही भोको व्यक्ति देखे उसलाई सुम्पिन्थिन् । जाँदा-जाँदै आफ्नो शरीरका महत्वपूर्ण अंगपनि दिएर अरुलाई नयाँ जीवन दिइन्,’ उनका अंकल सुरेन्द्र धिमान भन्छन् ।

चार दिन पहिले अञ्जु यमुनानगरमा सवारी दुर्घटनामा परेकी थिइन् । उनको टाउकोमा निकै गम्भीर चोट लागेको थियो । उपचारका लागि तत्काल पीजीआई चण्डीगढ लगियो । चिकित्सकहरुले अञ्जुलाई बचाउने सक्दो कोशिष गरे, तर उनलाई बचाउन सकेनन् । अनि ब्रेन डेड घोषित गरियो ।

डाक्टरले अञ्जुको ब्रेन डेड भनेपछि उनका बाबु रमेश र आमा ममताले तत्कालै अंग दान गर्ने बताए । कारण थियो छोरीको दानी स्वभाव । अञ्जुमा अरुलाई केही न केही दिइराख्ने शोख थियो । कसैलाई केही दिन पाउँदा खुसी हुन्थिन् । उनका बाबुआमाले भने, ‘अचानक मिलेको मृत्युपछि मेरो छोरीको आत्माले तब शान्ति पाउँछ, जब उनको अंगहरुले अरु कसैले नयाँ जीवन पाउँछ ।’

पाँचजनाले पाए नयाँ जीवन
पीजीआईमा अञ्जले ५ जनालाई नयाँ जीवन दिइन् । उनको दुई कोर्निया, दुई किड्नी र एक लिवर पीजीआईका प्यासेन्टमा ट्रान्सप्लान्ट गरियो । अञ्जुका बाबु रमेश धिमानले रुँदै भने, ‘मेरो छोरीको अंगक जस-जसमा प्रत्यारोपण भएको छ, उनलाई जिन्दगीभर त्यसको काम आओस् । भलै मेरो छोरीको मृत्यु भएको किन नहोस्, अब उसले ५ जनाको शरीरलाई आफ्नो बनाएकी छ । हामी यसमै खुसी छौं ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.