-->
यस्तो छ फुटबलर विमलकी बहिनी मनिषाको हत्याको कारण, प्रेमीसहित ३ पक्राउ
Advertisement

काठमाडौं, १४ जेठ । राष्ट्रिय फुटबल टोलीका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको छ ।नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीका अनुसार कक्षा ११ को परीक्षा दिएर घरमा एक्लै रहेकी १७ वर्षीय मनिषा बुधबार राति नवलपरासीको बर्दघाट ८ स्थित आफ्नै घरमा मृत भेटिएकी हुन् । उनको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिएको र कोठामा रगतका छिटा पनि भेटिएको छ ।जसबाट उनको हत्या भएको देखाउँछ । एसपी चौधरीले पोस्टमार्टमको रिपोर्ट नआई हत्या नै गरेको हो भन्न नसकिने बताए । उनले भने– ‘पोस्टमार्टमको रिपोर्टपछि हत्या हो वा आत्महत्या सबै खुल्छ । हामी अनुसन्धानमै छौं ।’
प्रहरीको सोधपुछमा छिमेकीले ‘बुधबार राति मनिषा घरमा एक्लै थिइन् । उनकी आमा बुटबल गएकी थिइन् । त्यही बेला दुई जना युवक उनको घरमा आएको र झगडा भएको थियो । झगडा गरेर युवाहरु बाहिरिएपछि विहान मनिषा मृत भेटिइन्’ भन्ने जानकारी दिएको एसपी चौधरीले बताए । घटनाका बारेमा बेल्जियममा रहेका बिमल घर्तीलाई पनि जानकारी गराईएको छ ।
यस्तो हुनसक्छ घटनाको कारण, प्रेमी समातिए
छिमेकीकै वयानलाई आधार मान्दै प्रहरीले घटनामा संलग्न भएको अभियोगमा आशिष चौधरीसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ परेका आशिष मनिषाका प्रेमी भएको खुल्न आएको छ । आशिष र मनिषाबीच प्रेम सम्बन्ध रहेको र त्यसकै कारण हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ । एसपी चौधरीले मनिषाको हत्या प्रेमीबाटै भएको हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरिएको बताए ।मनिषाको शव अहिले परासीस्थित अस्पतालमा राखेर पोस्टमार्टम गरिँदैछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.