काठमाडौं, १४ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको मृत्यु प्रकरणबारे आफ्नो धारणा राखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनाप्रति दुःख व्यक्त गर्दै आफू यो खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।
उनले यस दुःखद घडीमा विमल एक्लो नभएको बताउँदै आफू लगायत सम्पूर्ण खेल जगत उनको पक्षमा रहेको र साथ नछाड्ने उल्लेख गरेका छन् ।
‘विमल घर्ती मगरको बहिनीको दुखद निदनको खबरले म धेरै दुखी भए । विमल यो दुखद घडिको सामना गर्दै छिट्टै बाहिर निस्किने छन् । सम्पुर्ण खेल समुदाय तिम्रो साथमा छ ।’
बिमलकी बहिनी मनिषा बुधबार राति आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको शवलाई काठमाडौं ल्याएर पोस्टमार्टम गरिदैछ दैनिक नेपाल

0 comments
प्रतिक्रिया दिनुहोस्...