-->
मनिषाको हत्या आरोपी प्रेमी आशिषको यस्तो आयो बयान भन्छन्, ‘गिफ्ट फर्काउने कुरा भएको थियो’
Advertisement

काठमाडौं, १५ जेठ । मैले एक बोतल बियर खाएर आएको थिएँ । ऊ एक्लै रहेको थाहा पाएपछि मोटरसाइकलमा घरमै गएको हुँ ।
दिउँसो पनि उसको घर गएको थिएँ । बेलुका पनि गएँ । कुराकानी हुँदै गर्दा मोबाइल र फेसबुकको विषयलाई लिएर ऊसँग झगडा पर्यो ।
उसले मलाई थप्पड हानी, मैले पनि एक थप्पड हानेको हुँ । मेरो गिफ्ट फिर्ता ले, तेरो पनि लैजा भनेर झगडा भयो ।
म पनि हुन्छ भनेर कोठाबाहिर गएर बसें । मलाई पनि रिस उठेको थियो । एकछिनपछि कोठामा फर्कंदा ऊ घाँटीमा पासो लगाएर झुन्डिरहेकी थिइन् ।
मैले उठाएर खाटमा राख्दा उनको मृत्यु भइसकेको थियो । त्यसपछि म मोटरसाइकल लिएर घरमा गएँ । आमालाई पनि सबै बताएको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.