-->
यसकारण भड्किए ओलीसँग झलनाथ
Advertisement

बिहीबार, १३ जेठ
काठमाडौ । नवौँ महाधिवेशनपछि झलनाथ खनाल एमालेमा दोस्रो मर्यादाका वरिष्ठ नेता छन् ।
नवौँमा केपी ओली र माधवकुमार नेपालबीच अध्यक्षमा कडा प्रतिस्पर्धा भयो । उनीनिकट अधिकांश नेता–कार्यकर्ता नेपालका समर्थक बने ।
तर, खनाल खुलेनन् । ३९ मतअन्तरले नेपाल पराजित भए । उच्च स्रोतका अनुसार ओलीले खनाललाई आफू अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रपति बनाउने वचन दिएका थिए ।
भद्र सहमतिअनुसार नेता खनाल अघिल्लो वर्षको फागुनसम्म तटस्थ भूमिकामा थिए । तर, राष्ट्रपति विद्या भण्डारी भइन् । त्यस्तै, माधव नेपाललाई विदेश विभाग दिएर ओलीले खनाललाई नीति–अनुसन्धान प्रतिष्ठानमा खुम्च्याए ।
प्रधानमन्त्रीले खास विषयमा सल्लाहसमेत नगरेपछि पार्टीमा दोस्रो मर्यादामा रहेका खनाल असन्तुष्ट छन् । आजको नयाँ पत्रिकामा समाचार छ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.