-->
देउरानीले आफ्ना श्रीमानलाई जेठानीसँग रंगेहात फेला पारेपछि…
Advertisement

एजेन्सी । मध्यप्रदेशको मुरैनामा एक महिलाको हत्या भएको छ ।
विमा एजेन्ट तथा शिक्षिका हेमा बंसलको हत्या अवैध सम्बन्धका कारण भएको हो । हेमाको हत्या उनकै देउरानी मिराले गरेको खुलासा भएको छ ।
प्रहरी हिरासतमा रहेकी मिराले घटनाको पोल खोल्दै आफूले जेठानी हेमाको हत्या गरेको स्वीकार गरेकी हुन् ।
घटनाको अनुसन्धानमा संलग्न स्थानीय प्रहरीका अनुसार मिराले जेठानी हेमालाई आफ्ना श्रीमानसँग आपत्तिजनक (यौन सम्बन्ध राखिरहेको) अवस्थामा फेला पारेकी थिइन् ।
त्यसको तीन दिनपछि योजनाबद्ध रुपमा घरमा रहेको हतौडाले टाउकोमा प्रहार गरी हत्या गरिन् र हतौडालाई धोएर राखिन् । यो हतौडा प्रहरीले बरामद गरेको छ ।
भनिन्छ महिलाको सत्रु महिला नै हुन्छ । जून यो घटनाबाट प्रमाणित हुन्छ । मिराविरुद्ध ज्यान मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.