-->
कुन उमेरमा कस्तो रंगको लिपिष्टिक लगाउने जानिराखौँ
Advertisement

विवाह, पार्टीलगायत सामान्य दैनिक जीवनमा गरिने मेकअप र ड्रेसअपका विषयमा धेरै दोधारमा पर्छन् । अझ यस्तो समयमा महिलालाई थप तनाव लिपिष्टिक छनोटले हुने गर्छ । कतिपय महिलाहरु हरेक पटक एउटै रंगको लिपिष्टक लगाउने गर्छन् । कार्यक्रमको महत्वअनुसार लिपस्टिक छनोट गर्न नसक्दा विभिन्न समारोहमा असहजताको सामना गर्नुपर्ने हुन सक्छ । यस्तो असहजताबाट बच्न सही लिपिष्टिकको छनोटसम्बन्धी जानकारी आज हामी दिनेछौँ ।
ब्राइट रेड, पिंक सेड
यदि तपाईंको फेयर स्किन टोन छ भने ब्राइट रेड लिपस्टिकको पिंक टोन सेड बनाउनु राम्रो हुन्छ । १९ देखि २२ वर्षकी कलेज जाने चुलबुले केटीलाई पिंक सेड बनाएर रातो कलरको लिपस्टिक लगाउँदा राम्रो हुन्छ ।
वाइन या चेरी रेड
वाइन या चेरी रेड डार्क स्किन ओठ भएकालाई साह्रै राम्रो सुहाउँछ । त्यस्तै, ५० वर्षभन्दा बढी उमेरका महिलालाई पनि वाइन या चेरी रेड सेडमा रातो लिपस्टिक लगाउँदा राम्रो हुन्छ ।
ओरेन्ज रेड
यदि तपाईं चालीस वर्षभन्दा माथि हुनुहुन्छ भने ओरेन्ज रेडको साथमा ब्लु वेस्ट रेड सेड प्रयोग गर्दा राम्रो हुन्छ । साथै, गोरो अनुहार भएका महिलाले पनि यसलाई प्रयोग गर्दा राम्रो देखिन्छ ।
टु रेड
यदि तपाईं २५ देखि ३५ वर्ष समूहकी महिला हुनुहुन्छ भने पूरै रेड लिपस्टिक सेड्समा रेड नै लगाउँदा पनि राम्रो देखिन्छ । डार्क, लाइट, ब्लु सेड पनि रातोमा राम्रो हुन्छ ।Dc Nepal.com बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.