-->
आँपको पात प्रयोग गर्नुस्, रोग भगाउनुस्
Advertisement

गर्मीका बेला सबैभन्दा बढी पाइने फलहो आँप । यसलाई फलको राजापनि भनिन्छ । तर यसको पात पनिकम गुणकारी छैन । यसमा भिटामिन सी, बी र ए प्रशस्त पाइन्छ । आँपको ताजा, छोटो, रातो या बैजनी रंगको पाइन्छ । आँपको पातमा एन्टीअक्सिडेन्ट्स र एन्टी ब्याक्टेरियल तत्वहुने भकाले यसले हरेक खालको रोग निको पार्न मद्धत गर्छ । सानो र कमलो पातलाई यसै पनि चपाउन सकिन्छ । हल्का तातोपानीमा पातलाई राखेर रातभर छाड्ने र बिहान पिउन पनि सकिन्छ । थाहा पाउनुस् आँपको पातका फाइदा
१. पेटका लागि रामवाण
थोरै आँपको पातलाई तातोपानीमा राख्नुस् र कुनै भाँडोले ढाकी रातभर छाडिदिनुुस् । अर्को दिनपानी छानेर खाली पेटमा पिउनुस् । यसलाई नियमित सेवन गर्नाले पेटको सबै खराब चिज बाहिर निस्कन्छ र पेटको कुनै समस्या हुनेछैन ।
२. बाडुली र घाँटीको समस्याबाट छुटकारा
यदि बाडुली लागिरहेको छ या घाँटीको कुनै समस्या छ भने थोरै नरम पातलाई जलाउनुस् र त्यसको धुवाँ श्वासमार्फत् भित्रतान्नुस् समस्या समाधान हुन्छ ।
३. कानु दुखाईबाट राहत
आँपको पातको रस निकालेर कान दुखेको ठाउँमा लगाउने हो भने दुखाई बन्द हुन्छ । रसलाई लगाउनुअघि हल्का तातो पार्न नभुल्नुस् ।
४. गलब्लाडल र किड्नी स्टोनबाट बचाउछ
दैनिक आँपको पातको पाउडर पानीमा मिसाएर पिउनाले किड्नीको स्टोन हटाउन सकिन्छ । आँपको पातलाई सुकाएर पाउडर बनाउन सकिन्छ ।
५. रक्तचाप घटाउछ
यसमा हाइपोटेन्सिभप्रोपर्टी हुन्छ, जसबाट रक्तचापकमगर्न सकिन्छ । यसले रगतको नसालाई मजबूत बनाउँछ र रगत जम्नबाट समेत बचाउँछ ।
६. दमबाट बचाउँछ
आँपको पातले दमको समस्यालाई समेत नियन्त्रण गर्छ । यो चिनियाँ उपचार पद्धतिमा बढी प्रयोग गरिन्छ । आँपको पातलाई उमालेर काडा बनाएर पनि पिउन सकिन्छ । यसमाहल्का मह पनि मिसाउन सकिन्छ


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.