-->
महेन्द्रनगरको संगम होटलको हत्याले पुरै सुदुरपश्चिम हल्लायो
Advertisement

रातको करिब साढे १० बजेको थियो । महेन्द्रनगरको संगम होटलमा गेस्टहरु सुतिरहेका थिए । कामदारहरु पनि आफ्ना काम समेर मदिरा पिई रमाइलो गरिरहेका थिए । त्यही बीचमा होटलको पछाडी भागबाट कसैले ढोका ढकढक गर्यो । कोही गेस्ट ढिला आइपुगे भनेर होटेलका कामदार भीम रोकायले ढोका खोले ।
गेस्ट नभई उनकै साथी तारा सिंह बोहरा आएका थिए । बोहोरा मदिरामा मात्तिएर आएका थिए । रोकाय र उनका साथीहरु पनि मदिरा खाएर बसेकाले सबैले सँगै बसेर मदिरा पिए ।तर, रातको समयमा बोहोरा ओटलमा आउनुको उद्देश्य मदिरा पिउनु थिएन । उनी रगत नै पिउने किसिमको रिस बोकेर होटलमा पुगेका थिए ।
उनको मोबाइलको मेमोरी कार्ड रोकायसँग थियो । मेमोरी कार्डभित्र उनका प्रेमीकाको फोटोहरु थिए । तर, पटक–पटक माग्दा उनले त्यो मेमोरी कार्ड पाएका थिएनन् ।केही समय मदिरा पिएपछि बोहोराले सोही कार्डको प्रसंग निकाले, तर रोकायले हराइसकेको बताए । ‘तैंले मेरो केटीलाई किन फोन गर्छस्’ भन्दै झगडा गर्न खोजे । सोही विषयलाई लिएर चर्काचर्की भयो । रोकायसँगै होटलका कामदार कृष्ण विष्ट, चन्द्रदेव जोशी पनि थिए ।
जोशीले रोकायकै पक्ष लिएर कुरा गरिरहेका थिए । मदिरामा मात्तिएका बोहोरा आवेगमा आएर सुरुमा जोशीमाथि हँसियाले आक्रमण गरे । जोशी किचनमा थिए । हँसियाले अन्धाधुन्ध हानेर जोशीलाई किचनकै लडाएका थिए ।
त्यसपछि उनले हँसिया खोज्न आएको देखेपछि रोकायलाई पनि त्यसरी नै आक्रमण गरे । रोकाय पनि ढलेपछि विष्टलाई हँसियाले प्रहार गरेका थिए । तीनै जनालाई उनीहरु सुत्ने कोठामा घिसारेर ल्याई एकैठाउँमा राखी उनी भागेका थिए ।
‘सबैजना मरे भन्ने उसले सोचेको रहेछ,’ एसपी अधिकारी भन्छन्, ‘जोशी भने घाइते मात्र भएका थिए ।’ घाइते जोशी घिस्रिँदै २०७ नम्बर कोठासम्म पुगेर ढोका ढकढकाए । कोठाभित्र डडेल्धुराका तीर्थ बहादुर तिम्सेली थिए । उनले जोशीलाई रगताम्य देखेपछि डराउँदै तत्काल होटेलधनीलाई फोन गरे ।
होटेलधनीले राति १२ बजे प्रहरीलाई खबर गरेका थिए । भोलीपल्ट बिहानै होटभित्र दुई मजदूरको बीभत्स हत्याको खबर महेन्द्रनगर मात्र होइन, सिंगो सुदूरपश्चिममै फैलियो । हत्याको शैली निकै बीभत्स भएकाले त्यसरी सनसनी भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.