-->
विप्लव माओवादीले गर्यो नेपाल बन्दको घोषणा, यस्तो छ कारण (विज्ञप्ति सहित)
Advertisement

काठमाडौं, १७ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको छ ।
विभिन्न समयमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरु रिहाहीको माग राख्दै सोमबार विप्लव माअोवादीले औपचारिक रुपमै जेठ २७ गतेका लागि नेपाल बन्दको घोषणा गरेको हो ।
विप्लव माओवादीले गर्यो नेपाल बन्दको घोषणा, यस्तो छ कारण (विज्ञप्ति सहित)
सोमबारै प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरी झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख राम प्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई पक्राउ गरेको विरोधमा नेपाल बन्दको घोषणा गरिएको उल्लेख गरेका छन् ।
झापा, जुम्ला र धादिङ जिल्लामा गिरप्तार गरी जेलमा हालिएका नेता र कार्यक्रताको विना शर्त रिहाको गर्न पार्टीले जेष्ठ २१ गते मेची, पश्चिम ताम्सालिङ (चितवन, धादिङ, नुवाकोट, रसुवा) र कर्णाली व्यूरोहरु बन्द र जेष्ठ २७ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा जनाएका छन् ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.