-->
मनिषाको अन्तिम संस्कार आजै हुने, पोस्टमार्टम रिपोर्ट दुई दिनमा आउने
Advertisement

काठमाडौं,१४ जेठ । शंकास्पद मृत्युपछि पोस्टमार्टमका लागि काठमाडौं टिचीङ अस्पतालमा ल्याईएकी मनिषा घर्ती मगरको ‘पोस्टमार्टम रिपोर्ट’ दुई दिनपछि आउने भएको छ । रिपोर्ट दुईदिनपछि आउने भएपनि उनको अन्त्येष्टि शुक्रबार पशुपतिको विद्युतीय शवदाह गृहमा गरिने बताईएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले मनिषाको हत्या उनकै प्रेमी आशिष चौधरीबाट भएको अनुमान गरिएको छ । तथापी पुष्टि भने हुन बाँकी नै छ । आशिषलाई पनि शनिबार काठमाडौं ल्याएर मेडिकल परीक्षण गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषाको शव परीक्षणका लागि गएराति काठमाडौं ल्याइएको थियो । बहिनीको रहस्यमय मृत्युको खबर पाएपछि विमल शुक्रबार बेल्जियमबाट काठमाडौं आएका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.