जेठ ०८
अहिले प्रधानमन्त्री केपी ओलीको भाषण जोक भएको भन्दै सामाजिक सञ्जालदेखि चिया र भट्टी पसल सम्म चर्चा हुने गरेको छ । लोडेसडिक मुक्त, पाईप लाईनवाट ग्यास ,नेपालमै पानी जहाज जस्ता भाषण आलोचित हुन पुगेको छ । तर नेपालमा भएको पेट्रोलियम पदर्थाको खानीहरु उत्खलन गर्ने हो भने ओली सरकार जनताको हाई हाई हुने पक्का छ ।
मगंलवार उद्योगमन्त्री सोमराज पाण्डे सहितको ५ जना चिनिया सरकारका प्राबिधिक कर्मचारीहरु निकै तामझामका साथ मोरंगको वाहुनी गाविसको राधानगरमा रहेको पेट्रोलियम पदार्थको खानी स्थलगत अनुगमनमा आए । मन्त्री सहितको प्राबिधिक सरकारी टोली आउँने निम्तो पाउँने साथ यो पंत्तिकार पनि त्यतै तिर लाग्यो । वाहुनीमा रहेको वि.स २०४५ सालमै पत्ता लागेको पेट्रोलियम खानीको चिनिया सरकारको टोलीले अन्वेषण गर्ने थालेको भन्दा त्यहाँका जनता खुसीले गदगद छन यति वेला । खानी हेर्ने मन्त्री आउँदैछन भने पछि गाउँभरीका गाउँले दिनभरी खानी वाजागाजा र नाचगान सहित केन्द्रित भए ।
खानीमा मन्त्री आउँने भने पछि त्यहाँका जनता मन्त्रीको स्वागतमा ढोल झ्याम्टा सहित प्रचण्ड गर्मीको मतलव नै नगरी कुरीरहेका थिए । गाउँभरीका प्राय सबै घरको काम र मजदुरी नै छोडेर मन्त्री आउँने र पेट्रोल खानी हेर्ने भेने पछि भिडभाड त्यतीकै थियो । नेपाल सरकार र चिन सरकारको सम्झौतामा प्रधानमन्त्री केपी ओली चिन गएको वेला वाहुनीमा रहेको खानी उत्खलनको विषयमा सम्झौता भए अनुसार अवलोकन र अन्वेषणको लागी मन्त्री सहितको टोली गाउँमा आए सँगै खानी उत्खलन खोला कि भनेर यहाँका जनता दंग छन ।
२०४५ सालमा नेपाल, चिन, इटाली, नेदरल्याण्ड र स्वीजरल्याण्डका कम्पनीहरुले स्थलगत अुनगमन गरि ड्रिल गरेर पेट्रोलियम पदार्थको खानी भएको पुष्टि भएकै हो ।
तर भारतकै हस्तक्षेपको कारण २ वर्ष पछि उक्त काम बन्द हुनु हामी समग्र नेपालीहरुको लागी दुखद कुरा हो ।
२०४५ सालमा नेपाल, चिन, इटाली, नेदरल्याण्ड र स्वीजरल्याण्डका कम्पनीहरुले स्थलगत अुनगमन गरि ड्रिल गरेर पेट्रोलियम पदार्थको खानी भएको पुष्टि भएकै हो ।
तर भारतकै हस्तक्षेपको कारण २ वर्ष पछि उक्त काम बन्द हुनु हामी समग्र नेपालीहरुको लागी दुखद कुरा हो । त्यती वेला खानी उत्खलन भएको भए केहि समय अघि भएको नाकाबन्दीको त्यत्रो ठुलो असर हामीले वेहोर्नु पदैन थियो कि ! २०४५ सालको नाकाबन्दीमा तात्तिएको सरकार सेलाएर २०७२ सालको नाकाबन्दीमा तात्तिएको छ । अव फेरी सेलाउँने हो भने यो उत्खलनको कामले प्रथामिकता पाउँने सम्भावना छैन ।
नेपाली अखान फलाम तात्तिएको वेला फलामलाई जे पनि वनाउँन सकिन्छ भन्ने हिम्मत लिएर लाग्ने हो भने यो काम असम्भब भने पक्कै छैन । २०४५ सालमा तातेको सरकारले अहिले सम्म किन चुप भएको थियो ? यस विषयलाई मध्यनजर गदै उत्खलनको कामले प्रथामिकता पाउँनु पर्छ । वाहुनीमा ३५ सय ४० मिटर गहिरो ड्रिल गरि पाईप विच्छ्याईएको यो पेट्रोलियम पदार्थको खानी मन्त्रीले उत्खलन गर्ने आश्वसन दिए सँगै यहाँका सर्वसाधरणहरुमा खुसीको मिसा नाघेको छ । यो खुसी त्यहाका स्थानीय वासीको मात्र हैन नेपालीहरुकै गौरभको विषय हो ।
भारतले २०४५ सालमा लगाएको नाकाबन्दीपछि तत्कालीन सरकारले पेट्रोलियम पदार्थको अन्वेषणमा ध्यान दिए पनि बिचैमा किन रोकियो ? कतै यो सरकारले पनि पिडा भएको वेला मात्र काम गरे जस्तो गरेको त हैन !
यो अभियान कुनै हालतमा कुनै देशको हस्तक्षेपले अव रोकिनु हुदैन । कुनै किसिमको हस्तक्षेप र प्रलोभानमा नपरी सरकारले सबै ब्लकहरुवाट पेट्रोलियम पदार्थहरु उत्खलन


0 comments
प्रतिक्रिया दिनुहोस्...