-->
एउटा त्यस्तो गाउँ जहाँ १० वर्षदेखी १ जनामात्रै बस्छन्
Advertisement

एक्लै बस्नुपर्दा मानिसहरुले तनाव, एक्लोपन तथा त्रास महसूस गर्छन् । तर एक चिनियाँ व्यक्ति पछिल्लो १० वर्षदेखी सिंगै गाउँमा एक्लै बस्दै आइरहेका छन् । चीनको दुर्गम गाउँ छुइनसानसिमा लिउ सेनगाइजा एक्लो छन् । एक दशकअघि उनकी आमा र भाईको निधन भएपछि उनी यहाँ भेडा चराउँदै बस्छन् ।
कुनै समय छुइनसानसिमा २० परिवारको बसोबास थियो । तर बिस्तारै सुविधाको अभाव भएका कारण यहाँबाट मानिसहरु साना तथा ठूला शहरतर्फ बसाई सर्न थाले । कामको खोजीमा मानिसहरु बाहिरिदैँ जादाँ सन् २००६ सम्ममा यस गाउँमा लिउ सेनगाइजाको परिवार मात्रै बाँकी थियो । उनका भाई तथा आमाको पनि निधन भएपछि उनी एक्लो भए ।
तर उनले गाउँ छाडेनन् । उनी भन्छन् : सुरुआतमा गाउँमा एक्लै बस्दा मलाई धेरै दुख लाग्थ्यो । जंगली कुकुरहरु कराउँदा राती म सुत्न सक्दैन थिएँ । तर केही समयपछि मैले भेडा पाल्न थाले । अहिले उनीहरु नै मेरा साथी हुन् । म एक्लै बस्दा रमाउँछु ।उनी गाउँमा एक्लै बस्दा केही फाइदाहरु पनि भएकको बताउँछन् । ‘गाउँमा जुन घरमा बस्न मनलाग्यो ।
त्यही घरमा बस्न पाईन्छ किनकी घरहरु सबै खाली छन्,’ उनी भन्छन् । तर, उनले एक्लोपनमात्रै महसुस गर्नुपरेको छैन । त्यहाँ पानी तथा खाद्यान्न लिनका लागि लोमो दुरी हिँड्नपर्र्छ । उनीसँग मोबाइल फोन समेत छैन् । त्यस्तै आफूलाई व्यस्त राख्ने खास काम पनि छैन् । उनी स्थानिय वनजंगलको संरक्षणका लागि खटिएका छन् र त्यसबापत प्रत्येक महिना ७ सय युआन अर्थात १ सय ८ अमेरिकी डलर तलब पाउँछन् ।
गाउँमा एक्लै बस्दै आएपनि कुनै दिन शरमा गएर बस्ने सोच उनले बताएका छन् । भन्छन् ः मलाई यहाँ बाँच्न कठीन छैन् । तर कुनै दिन मैले ठूलो जनसंख्या रहेको क्षेत्रमा गएर बस्ने सोच बनाएको छु । त्यसका लागि अझै समय आएको छैन् । चीनमा खाली रहेका गाउँहरुलाई भूतको गाउँ भनिन्छ । पछिल्लो समय यस्ता गाउँहरु बढ्दो छन् । मानिसहरु सुविधा तथा रोजगारीका लागि दुर्गम गाउँ र परम्परागत घर छाडेर शहरमा आउन थालेपछि गाउँहरु खाली भएका हुन् । एजेन्सीकाे सहयाेगमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.