-->
सुनको भाउ १६ सय रुपैयाँले घट्यो
Advertisement

जेष्ठ १४, २०७३- सुनको भाउ एक सातामा १ हजार ६ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ क्रमशः घटदै गएकाले त्यसको प्रभाव यहाँ परेको हो । महासंघको तथ्यांकअनुसार आइतबार र सोमबार प्रतितोला ५६ हजार (दस ग्राम ४८ हजार १०) रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर प्रतितोला ५४ हजार ४ सय (दस ग्राम ४६ हजार ६ सय ४०) रुपैयाँमा कारोबार भएको छ ।
अमेरिकी संघीय बैंक -फेडरल रिजर्भ) ले आगामी जुन/जुलाईभित्र ब्याजदर ० दमशलव २५ प्रतिशतले बढाउने बलियो अनुमान विश्लेषकहरूले गर्दै आएकाले अन्तर्राष्ट्रिय बजारमा माग घटेको महासंघका महासचिव दियशरत्न शाक्यले बताए । करिब दुई वर्षपछि कायम रहेको सुनचाँदीको उच्च भाउ पुनः तीव्र रूपमा आोर्लन क्रममा रहेको छ ।
अमेरिकी गैरकृषि बेरोजगार दर कयौं हप्तापछि फेरि प्रक्षेपणभन्दा कम भएकाले पनि डलर ७ साता यताकै मजबुद स्थिति देखिएको जनाएको छ । जसले गर्दा अमेरिकी संघीय बैंकले सन् २०१६ भित्र दुई पटक ब्याजदर बढाउने पूर्वानुमान वास्तिविकताको नजिक पुगेको शाक्यको भनाइ छ । महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सेयर पनि ओरालो लागेको छ । 'यही क्रम जारी रहे आगामी साता पनि सुनचाँदीको भाउ उल्लेख्य रूपमा घट्ने अनुमान गर्न सकिन्छ,' उनले भने । यस साता सुनको भाउमा निरन्तर आरोलो लागेको छ ।
महासंघका अनुसार बिहीबार प्रतितोला ५५ हजार (दस ग्राम ४७ हजार १ सय ५५) रुपैयाँ, बुधबार ५५ हजार १ सय -दस ग्राम ४७ हजार १ सय ५५) रुपैयाँ, मंगलबार ५५ हजार ८ सय -दस ग्राम ४७ हजार ८ सय ४०) रुपैयाँमा कारोबार भएको तथ्यांकमा छ । यस्तै चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी ७ सय ५० -दस ग्राम ६ सय ४३) रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ७ सय ७० (दस ग्राम ६ सय ६०) रुपैयाँमा कारोबार भएको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.