-->
कोहलीले मेसी-रोनाल्डोलाई समेत पछि पारे
Advertisement

भारतीय क्रिकेट खेलाडी विराट कोहलीले विश्वकै सबैभन्दा विकाउ खेलाडीको लिस्टमा फुटबल स्टार लियोनेल मेसी, रोलाल्डोलाई समेत पछि पारेका छन्।
स्पोर्टस् प्रोले गरेको एउटा अध्ययनमा कोहली संसारकै तेस्रो विकाउ खेलाडी भएका छन्। उनी भन्दा माथि सबैभन्दा महंगा खेलाडी स्टीफन करी र युवेन्टसका फ्रान्सेली फुटबलर पाल पोग्बा भन्दा पछि छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो टिमलाई फाइनलमा पुर्याउन सफल कोहली रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान हुन्।
क्रिकेट दुनियाँमा सबैलाई पछि पारेका उनले सम्पूर्ण खेल जगतमै अगाडि देखिएका हुन्। अब उनले फुटबलका स्टार लियोनेल मेसी र संसारका नम्बर एक टेनिस खेलाडी नोवाक जोकोविचलाई पनि पछि पारेका हुन्।
जोकोविक २३औं र मेसी २७औं स्थानमा पुगेका छन्। जबकि फर्राटा किङ उसेन बोल्ट ३१औं स्थानमा छन्। शीर्ष ५० मा भारतीय टेनिस खेलाडी सानिया मिर्जासमेत अटाएकी छन्।
खेल व्यापारबारे रिसर्च गर्ने कम्पनी स्पोर्ट्सप्रोका अनुसार तीन वर्ष यता बजारमा खिलाडीले देखाएको क्षमता का आधारमा उनले कमाउने पैसा, उमेर, घरेलु बजार, सुन्दरता र बजारमा देखिने इच्छा शक्तिलाई आधार बनाएको छ।
फर्मूला वान च्याम्पियन लुईस हैमिल्ट२०१४ मा शीर्ष स्थानमा थिए। यस पटक उनी आठौं स्थानमा पुगेका छन्। यस्तै ब्राजीली स्टार फुटबलर नेइमार २०१३ र २०१२ मा शीर्ष स्थानमा थिए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.