काठमाडौँ- वैद्य नेतृत्वको माओवादीबाट विद्रोह गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले शुक्रवार राजधानीमा विशाल प्रदर्शन गरिरहेको छ ।
गाउँ केन्द्रित आन्दोलनलाई जोड दिइरहेको विप्लव नेतृत्वको प्रदर्शनमा वैद्य नेतृत्वको र हेमन्तप्रकाश वली नेतृत्वको माओवादीको समर्थन रहेको छ ।
सशस्त्र जनक्रान्तिलाई ‘जनदिशा’ मानेर अर्धभूमिगत रूपमा आन्दोलनलाई जोड दिने बताइरहेका ‘विप्लव माओवादी’को यो प्रदर्शनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्रदर्शनमा ‘जनयुद्ध जारी छ, सशस्त्र क्रान्ति जिन्दावाद, नयाँ संविधान खारेज गर, संसदीय व्यवस्था खारेज गर’ जस्ता नारा लगाइएका छन् ।
वसन्तपुर, ठमेल र भद्रकाली लगायतका स्थानबाट निक्लेको झण्डा र ब्यानरसहितको ¥याली खुलामञ्च पुगेर आमसभामा परिणत भएको छ । अहिले विभिन्न वक्ताले कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...