-->
थाहा पाईराख्नुस् ! राती यसकारण खानु हुँदैन दही ।
Advertisement

गर्मीयाममा दही खान कसलाई खान मन नपर्ला र ? गर्मी मौसममा फिट रहनका लागि जोकोहिको रोजाईमा पर्छ दहि । मसलायुक्त खानेकुराबाट बच्नुपर्ने गर्मी मौसममा चिसो दहीको खास महत्व हुने चिकित्सक पनि बताउँछन् ।
गर्मीयाममा दही खाँदा शरीरको तापमान सन्तुलित राख्न सहयोग पुग्छ । दही सबैको लागि फाइदाजनक हुन्छ, तर राती सुत्नुभन्दा अघि दहिको सेवन गर्नु लाभदायक नहुने आयुर्वेदको नियमले बताएको छ । यसको खास कारण रातको समय दहिले शरिरमा कफ दोष बढाउने गर्दछ । रातको समयमा हाम्रो शरिरमा कफको प्राकृतिक प्रबलता बढ्ने गर्दछन् । त्यसकारण रातको समयमा दहीको सेवन नगर्दा नै राम्रो हुन्छ, किनभने यसले पेटको रोगसमेत निम्त्याउने गर्दछ । दही पचाउन भारी हुने भएकाले यसलाई राती सकेसम्म नखाँदा नै राम्रो हुन्छ । यसले घ्यू, तागत, कफ, पित्त र पाचन शक्ति बढाउने गर्दछ । यदि शरिर सुन्निन्छ भने दही सेवनबाट बच्नुहोस्, किनभने यसले शरिर सुन्निन थप मद्दत गर्दछ । त्यस्तै राती दहीमा चिनि हालेर खानु पनि हानिकारक हुन्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.