सरकारले आगामी बजेटमार्फत सडक सम्भार तथा निर्माण र सवारी साधनको कर बढाउने तयारी गरेको छ। आर्थिक वर्ष २०७३-७४ मा करवापत लिइँदै आएको ५ प्रतिशत दस्तुर बढाएर ७ प्रतिशतको हाराहारीमा पु¥याउने तयारी भएको हो।
यातायात व्यवस्था विभाग उच्च स्रोतका अनुसार अहिले लिइँदै आएको सडक सम्भार तथा निर्माण दस्तुर र सवारी साधन कर ५ प्रतिशतबाट बढाएर ७ प्रतिशत बनाउने सम्बन्धमा अर्थमन्त्रालयसँग कुरा भएको छ।
सडक सम्भार तथा निर्माण दस्तुर
स्रोतका अनुसार कार, जिप, भ्यान, माइक्रोबस, ठूला बस, ट्रक, टिपर, ट्रक मिक्स्चर, मिनी बस, मिनी ट्रक, मिनी ट्रिपरका लागि उक्त दस्तुर ७ प्रतिशत बनाउने तयारी भएको हो।
मोटरसाइकलमा भने इन्जिन क्षमता (सिसी) अनुसार दस्तुर निर्धारण गरिनेछ। हाल १२५ सिसीसम्मका मोटरसाइकलले तिर्ने ५ प्रतिशत दस्तुर बराबरको ७ हजार रुपैयाँ बढाएर ७ प्रतिशत अर्थात १० हजार बनाउने तयारी भएको छ।
१२६ देखि २५० सिसीसम्मकाले तिर्ने ८ हजार रुपैयाँ बढाएर १२ हजार बनाइनेछ। त्यस्तै २५१ देखि ४ सय सिसीसम्मकाले तिर्दै आएको १० हजारलाई १५ हजार र ४०१ सिसी र सोभन्दा माथिका सबैको १५ हजारबाट बढाएर २२ हजार रुपैयाँ बनाउने तयारी भएको स्रोतले बताएको छ।
कुटनीतिक नियोग तथा कुटनीतिक सुविधा प्राप्त व्यक्ति, दमकल, एम्बुलेन्स र शववाहनलाई भने यस्तो दस्तुर नलाग्ने भएको छ। चालीस वा सोभन्दा बढी सिट क्षमताका कम्तीमा पाँच वटा बस सार्वजनिक यातायातमा सञ्चालन गर्ने गरी दर्ता भएका सहकारी संस्था तथा कम्पनीले पैठारी गर्ने उक्त क्षमताका तयारी बस एवं तिनको च्यासिसमा पनि यो दस्तुर लाग्ने छैन।
दस्तुर भन्नाले आन्तरिक खरिदको हकमा मूल्य अभिवृद्धि कर सहितको विजक मूल्य र पैठारीको हकमा भन्सार महसुल, अन्तशूल्क, मूल्य अभिवृद्धि कर तथा भन्सार बिन्दुमा लाग्ने सबै प्रकारको दस्तुर र शुल्क हुने विभागले स्पष्ट पारेको छ।
सवारी साधन कर दस्तुर
विभागले निजी र भाडामा दर्ता भएका सवारीसाधनको सिसी र क्षमताको आधारमा सवारी साधन दस्तुर पनि वृद्धि गर्ने भएको छ। कार, जिप, भ्यान, माइक्रोबसको सिसीको आधारमा र डोजर, एक्साभेटर, रोलर, टिपर, क्रेन जस्ता मेशिनरी उपकरण र मिनीटिपर, अटोरिक्सा, थ्री ह्वीलर, टेम्पो, टे«क्टर र पावर टिलर, मिनीट्रक, बस÷मिनीबस, ट्रकको क्षमताको आधारमा दस्तुर निर्धारण गरिने भएको हो।
मोटरसाईकलको पनि सिसीको आधारमा दस्तुर निर्धारण हुनेछ। स्रोतकाअनुसार २५० सिसीसम्मको मोटरसाइकलमा लिने सवारी साधन कर दस्तुर वृद्धि हुने छैन। १२५ सिसिसम्म २५ सय रुपैयाँ र १२६ देखि २५० सिसीसम्म ४ हजार रुपैयाँ पुरानै दस्तुर लिने तयारी भएको छ।
तर २५१ देखि ४ सय सिसीसम्मको मोटरसाइकलको ६ हजारबाट बढाएर ८ हजार रुपैयाँ बनाउने तयारी भएको छ। ४०१ सिसी वा सोभन्दा माथिकोमा १० हजारबाट १३ हजार रुपैयाँ लिने तयारी भएको छ।
निजी सवारीसाधन कार, जिप, भ्यान, माइक्रोबसको हकमा १००० सिसीमा लिँदै आएको १८ हजार रुपैयाँ बढाएर १९ हजार, १००१ देखि १५०० सिसीसम्मको २० हजारबाट २१ हजार, १५०१ देखि २००० सिसीसम्मको २२ हजारबाट २३ हजार, २००१ देखि २५०० सिसीसम्मको ३० हजारबाट ३२ हजार, २५०१ देखि २९०० सिसीसम्मको ३५ हजारबाट ३७ हजार र २९०१ देखि माथिकामा लिँदै आएको ५० हजारबाट बढाएर ५३ हजार रुपैयाँ कर लिने तयारी भएको छ।
निजी डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता मेशिनरी उपकरणमा ३० हजारबाट ३५ हजार र मिनीटिपरको २० हजारबाट २५ हजार रुपैयाँ बनाउने तयारी भएको छ।
अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोमा पुरानै ५ हजार रुपैयाँ लिने र ट्रेक्टरमा भने ३ हजारबाट बढाएर ४ हजार रुपैयाँ लिने तयारी भएको छ।
स्रोतका अनुसार पावर टिलरमा लिँदै आएको पुरानो दस्तुर २५ सय रुपैयाँ ३ हजार हुनेछ भने मिनीबसको १८ हजारबाट २२ हजार, ट्रक÷बसको २७ हजारबाट ३० हजार रुपैयाँ हुनेछ।
त्यस्तै भाडामा दर्ता भएका कार, जिप, भ्यान, माइक्रो बसको हकमा १३०० सिसीसम्म लिँदै आएको हालको दस्तुर ६ हजारबाट ८ हजार रुपैयाँ, १३०१ देखि २००० सिसीसम्मको ७ हजारबाट ९ हजार, २००१ देखि २९०० सिसीसम्मको ८५ सयबाट ११ हजार, २९०१ देखि ४००० सिसीसम्मको ११ हजारबाट १३ हजार र ४००१ सिसी वा सोभन्दा माथिको हकमा भने १३ हजारबाट बढाएर १५ हजार रुपैयाँ बनाउने तयारी भएको छ।
भाडामा दर्ता भएका डोजर, एक्साभेटर, लोडर, रोलर, टिपर, क्रेन जस्ता मेशिनरी उपकरणमा १४ हजारबाट १७ हजार रुपैयाँ, अटो रिक्सा, थ्री ह्वीलर र टेम्पोमा ३५ सयबाट ४ हजार, टे«क्टरमा २ हजारबाट २५ सय, पावर टिलरमा १५ सयबाट २ हजार, मिनीट्रक, मिनीबसमा १० हजारबाट १२ हजार, मिनीट्रिपरमा १४ हजारबाट १५ हजार र ट्रक, बसमा भने १२ हजारबाट बढाएर १६ हजार रुपैयाँ बनाउने तयारी भएको छ।
त्यस्तै सरकारको नाममा दर्ता भएका भाडाका सवारीसाधनमा पनि माथि उल्लेख भएअनुसार नै कर लाग्नेछ। विद्युतीय माध्यमद्वारा सञ्चालितमा भने कुनै कर लाग्ने छैन। पेट्रालियम पदार्थ बाहेक अन्य इन्धनद्वारा चल्नेमा भने ३० प्रतिशत छुट हुने स्रोतले बताएको छ।
काठमाडौं उपत्यकामा सञ्चालन भएका उत्पादन मितिले १४ वर्ष पुराना भएकाको करमा १५ वर्ष भएको आधारमा प्रत्येक वर्ष ५ प्रतिशत छुट दिने व्यवस्था भएको छ। भाडाका बस, मिनीबस, तथा माइक्रोबसले विद्यार्थीलाई सहुलियतको रुपमा भाडा छुट दिएवापत सवारीसाधन करमा ६० प्रतिशत छुट र एकमुष्ट पाँच वर्षको कर बुझाई नवीकरण गर्दा पनि १० प्रतिशतसम्म छुट दिने तयारी भएको स्रोतले बतायो।
विद्युत, सोलार वा ब्याट्रिबाट चल्ने सवारी साधनको हकमा भने सडक सम्भार तथा निर्माण शूल्कमा ५० प्रतिशतसम्म छुट दिने तयारी भएको छ। स्रोतका अनुसार उक्त दस्तुर अन्तिम चरणमा आइसक्दा केही तलमाथि हुन सक्नेछ।


0 comments
प्रतिक्रिया दिनुहोस्...