-->
जानी राखौ !!! हाम्रो घरमा हुने तुलसीको अचुक उपयोगीता
Advertisement

एजेन्सी – के तपाईलाई लामुखट्टेले सताएको छ ? लामुखट्टे भगाउन धुप बाल्नु हुन्छ ? यसले स्वास्थ्यमा असर गर्न सक्छ । गर्मीले झुलमा सुत्नै नसकिने । चिन्ता नगर्नुहोस् । गमलामा राख्न सकिने केही बिरुवाले लामुखट्टे भगाउन मद्धत गर्छ ।

तुलसी :
लामखुट्टे भगाउने सजिलो उपाय तुलसीको बोट हो । तुलसी रोपेको गमलालाई बालकोनी वा झ्याल नजिक राख्नुहोस । तुलसीबाट आउने बासनले लामखुट्टेलाई भगाउँछ । राती सुत्नुअघि तुलसीको पात अनुहार लगायत शरिरका विभिन्न भागमा दल्दा पनि लामखुट्टेले टोक्ने सम्भावना कम रहन्छ ।
कागती वा त्यसको फुल :
कागतीको फुलले पनि लामखुट्टे भगाउँछ । तर, यो निश्चित मौसममा मात्र फुल्ने भएकोले आवश्यक परेको समयमा पाउन सकिदैन ।

मेरिगोल्ड :
तिहारे फुल समेत भनिने मेरिगोल्डको पाइरेथ्रम नाम गरेको तत्वल लामखुट्टे भगाइदिन्छ । सानो गमलामा पनि प्राय सबै मौसममा हुने यो फुल बरान्डामा लगाइदिनुहोस तपाईको घरभित्र कहिल्यै पनि लामखुट्टे प्रवेश गर्दैन । यसलाई हजारी वा सयपत्री फुल पनि भनिन्छ ।

लेभेन्डर :
हल्का प्याजी रंगको लेभेन्डरको फुलले पनि लामखुट्टे भगाइदिन्छ । घरको बगैचा सजाउन प्रयोग गरिने यस फुलको वरिपरि कहिल्यै लामखुट्टे आउदैन । लामुखट्टेले मलेरिया, डेंगू जस्ता प्राणघातक रोग लाग्ने भएकाले यी बिरुवाको साथै अन्य सावधानी पनि अपनाउनु होला । यी बिरुवा कार्यालय, होटल, रेष्टुरन्ट लगायतका स्थानमा केही उपयोगी हुनसक्छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.