काठमाडौं, ७ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेका मधेसवादी दललाई सरकारले अर्काे सन्देश पठाएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनरत मधेसवादी दलहरुलाई वार्ता र छलफलमा आउन आग्रह गरेको हो ।
बैठकले पटक–पटक चिठी पठाउँदा पनि अटेर गरेको भन्दै तत्काल वार्तामा आएर समस्या समाधानमा केन्द्रीत हुन आग्रह पनि गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री शेरधन राईले आन्दोलनरत पक्षका जायज माग पुरा सरकार तयार रहेको भन्दै वार्ताको आव्हान गरिएको जानकारी दिए ।
आफ्ना माग पुरा नगरेको भन्दै मधेसवादी दलले केही दिनयता राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
dainiknepal

0 comments
प्रतिक्रिया दिनुहोस्...