-->
खुमबहादुर खड्काको सनसनीपूर्ण बयान, सिध्याउन खोज्नेहरूको पोल खोले
Advertisement

ललितपुर, १४ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले आफू मन्त्री भएका बेला कार्यकर्ता संरक्षण गरेकै कारण अहिले पनि बलियो अवस्थामा रहेको बताउनुभएको छ ।
ललितपुरको सानेपास्थित आफ्नै निवासमा शुक्रबार बिहान आफूलाई भेट्न आएका नेता तथा कार्यकर्तासँगको भलाकुसारीमा नेता खड्काले सधै आफूले कांग्रेसका मात्रै नभइ अरु दलका कार्यकर्ताको संरक्षण गरेको बताउनुभयो ।
‘म मन्त्री भएकाले बेला कांग्रेसका कार्यकर्तालाई संरक्षण गरेका कारण अहिले पनि राजनीतिमा टिकिरहेको छु’, खड्काको भनाइ उदृत गर्दै एक सहभागीले भने, ‘कांग्रेसभित्रको आन्तरिक संघर्षले पार्टी लोप हुने हो कि भनेर चिन्ता लाग्ने गरेको छ ।’
‘कुनै दिन यस्तो थियो कांग्रेस भन्ने थाहा पाउँदा खोजीखोजी ज्यान लिन्थे तर त्यस्तो अवस्थामा पनि म बीपी कोइरालासंगैसंगै संगठन बनाउन हिँडेको थिए’, कांग्रेस नेता खड्काले अगाडि भन्नुभयो, ‘बीपीले मलाई धेरै कामको जिम्मा दिनु हुन्थ्यो । म दृढ भएर लाग्थे । आफ्नो संगठनदेखि जनताको काम गर्दा मलाई पटकपटक गरी ९ वर्ष जेल हालियो ।’
उहाँले पञ्चायतकालमा आफूले धेरै दुःख पाएको स्मरण गर्दै भन्नुभयो, ‘म बिचलित भइन । २०४६ सालको आन्दोलनपछि म सधैं देश र जनताको लागि खुला रूपले हिँडे । मलाई चौतर्फी रूपमा यसलाई अगाडि बढ्न दिन हुँदैन भन्दै माओवादी, एमाले, राजा र आफ्नै पार्टी कांग्रेसका नेताहरू सक्काउने खेलमा लागे ।’
नेता खड्काले सबैभन्दा धेरै आफ्नै पार्टी कांग्रेसका केही नेताहरू सिध्याउन लागेको अगाडि भन्नुभयो, ‘अन्तिममा मलाई भष्ट्रचारी मुद्दा लगाएर जेल हाले ।’
सधैं पार्टी र जनताको लागि दौडधुप गर्दागर्दै मृगौला नै फेल भएको आफैलाई थाहा नभएको नेता खड्काले बताउनुभयो । ‘धन्न उपचार भएपछि यहाँसम्म आएको छु’, खड्काले भन्नुभयो, ‘यही नै मेरो पुनःजन्म हो ।’
कांग्रेसभित्रको द्वन्द्व देख्दा आफू दुखित हुने गरेको भन्दै नेता खड्काले भन्नुभयो, ‘कम्युनिस्टहरू विपक्षी पाटीसंग प्रतिस्पर्धा गर्दछन् । हाम्रो आफ्नै पार्टीका नेताहरू विभाजित भएका छन् । यस्तै अवस्था केही समय चल्ने हो भने कांग्रेस नै लोप हुन सक्ने खतरा रहन्छ ।’
‘म मन्त्री हुँदा कार्यकर्ताको संरक्षण र साथ दिएको भएर नै आजसम्म मलाई देशभरिका कार्यकर्ताले माया गर्दछन्’, खड्काले भन्नुभयो, ‘गृह जिल्ला दाङमा मात्रै होइन समग्र देशको विकासका लागि मैले धेरै पहल गरेको छु ।’ उहाँले राम्रो काम गर्नेलाई खोजीखोजी खुट्टातानेर सिध्याउन आफ्नै पार्टीका लाग्ने गरेको बताउनुभयो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.