-->
मृगौलाको पत्थरीबाट ग्रसित हुनुहुन्छ ? कसरी रोक्ने पत्थरी
Advertisement

यसरी मृगौलामा पत्थरी परिसकेपछि त्यसको उपचार भनेकै त्यसलाई शल्यक्रिया गरेर फ्याँक्नु नै हो । त्यसैले पत्थरीको उपचार गर्नुभन्दा पत्थरी पर्नै नदिनु राम्रो हुन्छ । पत्थरीबाट जोगिनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । मृगौलाको पत्थरी रोक्ने उपाए
मृगौलामा पत्थरी कसरी हुन्छ ? लक्षण, उपचार के खाने के नखाने जान्नै पर्ने कुरा
प्रसस्त तरल पदार्थ पिउनुहोस्९ दिनमा कम्तिमा पनि ८ गिलास पानी पिउनुहोस् । पानी प्रसस्त पाइने फलहरु जस्तै खरभुजा, सुन्तला र सागपात प्रसस्त सेवन गर्नुहोस् ।
कागती पानी वा सुन्तला९मौसमको जुस नियमित रुपमा पिउनुहोस् । यस्ता अमिलो फलफूलको सेवनले पत्थरको निर्माण हुनबाट रोक्दछ । तर अंगुरको अत्यधिक सेवन भने जोखिमपूर्ण हुन्छ र यसले पत्थरीको जोखिम बढाउँछ ।
अक्जालेटयुक्त खाद्यपदार्थ कम सेवन गर्नुहोस्९ मृगौलाको पत्थरीमा क्याल्सियम अक्जालेट भन्ने यौगिक अत्यधिक हुन्छ । त्यसैले अक्जालिक अम्लयुक्त खाद्यपदार्थ मृगौलाका लागि हानिकारिक हुने विज्ञहरु बताउँछन् । त्यस्ता अक्जालिक खाद्यपदार्थहरुमा पालुंगोको साग, चिया, चकलेट, भटवासजन्य पदार्थ तथा चुकन्दर लगायतका पर्दछन् ।
नून कम खानुहोस् मृगौलाको पत्थरी भएका मानिसहरुलाई सोडियम भएका खाद्यपदार्थ कम खान सल्लाह दिइन्छ । पत्थरी भएकालाई मात्र नभएर पत्थरी हुनबाट जोगिन चाहनेका लागि समेत नुन कम खानु उपयुक्त हुन्छ । नूनको कम सेवनले मुटु तथा रक्तचाप सन्तुलनमा समेत सहयोग गर्छ ।
मासुजन्य प्रोटिन कम खानुहोस्९ जनावरको मासु तथा अण्डामा पाइने उच्च प्रोटिनले मृगौलाको पत्थर बनाउने क्रिस्टलहरुलाई एकैठाउँमा जम्मा हुन र थिग्रिन मद्धत गर्छ । पिसाबको अम्लपना बढ्ने र युरिक एसिडमा भएका तत्वहरुको खण्डीकरण कम हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । प्रोटिनका लागि मासु तथा अण्डा खानुभन्दा गेडागुडी खानु लाभदायी भएको वैज्ञानिकहरुको मत छ ।
क्याल्सियम युक्त खाद्यपदार्थ खानुहोस् तर क्याल्सियम चक्की वा औषधि होइन । हाम्रो खानामा पर्याप्त क्याल्सियमभ एन भने रगतमा अक्जालेटको मात्रा बढ्न जान्छ र त्यसले मृगौलामा पत्थरीको जोखिम बढ्छ । त्यसैले क्याल्सियम युक्त खाद्यपदार्थ जस्तै बदाम, ओखर सागपात जस्ता कुरा खानुहोस् । तर क्याल्सियम पाउनका लागि क्याल्सियम चक्की वा अन्य सप्लिमेन्टको प्रयोग गर्नु मृगौलाका लागि हानिकारक हुन्छ ।
कफी कम पिउनुहोस्९ कफी तथा चियाको अत्यधिक सेवनले मृगौलाको पत्थरीको जोखिम बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
गुलियो पेय पदार्थहरु कम पिउनुहोस् । बढि गुलियो पेय पिउँदा त्यसले मृगौलमा पत्थरीको जोखिम बढाउँछ ।
बढि अम्लीय खाना नखानुहोस् । अम्लीय तथा क्षारिय गुण भएका खाद्यपदार्थ सन्तुलित मात्रामा खानुपर्छ । खानामा हुने क्षारिय तत्वले पत्थरीको जोखिम घटाउँछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.