बैशाख १५
काठमाडौं । नेपालमा भुकम्प आउँदैछ भनेर पूर्व सुचना दिने यन्त्र जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले चीनको इन्ष्टिच्यट अफ केयर लाइफ संस्थाको सहयोगमा भूकम्प पुर्व सुचना प्रणालीको जडान गरेको हो ।
आठ महिना अघिदेखि यो प्रविधि जडान गर्ने योजना भएपनि विभिन्न प्रविधिक कारणले एक हप्ता अघि मात्र जडान गरिएको हो ।
चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाले निः शुल्क दिएको भूकम्प पूर्व सूचना प्रविधिलाई नास्टले राजधनीका विभिन्न चार स्थानमा जडान गरेको हो ।
यो नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान , त्रिभुवन विश्वविद्यालय , भूगर्भ केन्द्रीय विभाग , भृकुटी होटल गादावरी र सौर्य स्कूल सिनामंगलमा जडान गरिएको हो ।
यसरी जडान गरिएको ठाउँमा भूकम्प आउँदैछ भने पूर्व सुचनाका रुपमा साइरन बज्नेछ । यो प्रविधि चीन , जापान र मेक्सिकोमा सफल भैसकेको छ , यो प्रविधि प्रयोग गर्ने नेपाल चौथो राष्ट्र हो ।
यसरी यो प्रविधिले भूकम्प आउँदैछ भनेर झण्डै २० सेकेन्ड पहिला नै जानकारी दिन्छ जसका कारण नागरिकलाई सुरक्षित हुने संकेत मिल्दछ ।
पछिल्लो चरणको कार्यक्रम अनुसार नास्टले मोवाइलमै भूकम्पको पूर्व जानकारी गराउने तयारी गरेको छ । यसका लागि नास्टका प्रतिनिधि र नेपाल टेलिकमका बीचमा कुराकानी भएको छ ।
- Khabar Dabali

0 comments
प्रतिक्रिया दिनुहोस्...