-->
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो
Advertisement

१५ वैशाख, काठमाडौं।
आउँदो असार ४ र ५ गते हुने सातौं कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । बिहान ९ बजे देखि बेलुका ६ बजेसम्म आवेदन दिन सकिने इपिएस कोरिया शाखाले जनाएको छ ।
आवेदकले आजदेखि वैशाख १८ गतेसम्म चार दिन आवेदन दिन सक्नेछन् । काठमाडौं उपत्यकामा च्यासल फुटबल खेल मैदान, काठमाण्डौं भ्याली उच्च मावि महाराजगञ्ज, ल्याबरोटरी उच्च मावि कीर्तिपुर, महेन्द्र आदर्श बिद्याश्रम सातदोबाटो र नेपाल वेद विद्याश्रम संस्कृत मावि गौशालामा आवेदन फारम भर्न सकिनेछ ।
त्यस्तै, काठमाडौं बाहिर धरान, बुटवल, पोखरा, डडेल्धुरा र जनकपुरमा पनि परीक्षा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.