-->
लुलियालाई वेइज्जत गरेको भन्दै भारतीय मिडियाप्रति सलमान आक्रोशित
Advertisement

एजेन्सी । भारतीय मिडियाले प्रेमिका लुलिया वन्तुरका बारेमा अनेक गसिप जोड्न थालेपछि वलिउड नायक सलमान खान निकै तनावमा रहेको कुरा उनी निकट स्रोतले मिडियामा सार्वजनिक गरेका छन् । सलमान र लुलियाको प्रेम सम्बन्धका बारेमा अनेक कुरा बाहिर आइरहेका बेला केही मिडियाले लुलियाले सलमानसँग विवाह गर्न इन्कार गरेको दावी गरेका छन ।
सलमानले भारतीय मिडियाको आलोचना गर्दै मिडिया व्यक्तिको खिल्ली उडाउन र वेइज्जत गर्न लागेको आरोप लगाएका छन । उनले भारतीय होस या विदेशी कुनै पनि व्यक्तिका बारेमा यसरी वेइज्जत गर्न नहुने एक सञ्चारमाध्याममा भनेका छन् ।
उनले ‘जुन दिन विवाह गर्छु त्यो सबैलाई थाहा दिन्छुु’ भन्दै यसबारे धेरै मजाक नगर्न आग्रह गरेका छन् । कतिपय सार्वजनिक कार्यक्रममा उनी यस्ता कुरा आएपछि आक्रोश समेत व्यक्त गर्न थालेका छन ।
प्रेमिका लुलियाको बारेमा आएका अनावश्यक अपवाहबाट उनी दिक्क भएको उनी निकट स्रोतले जनाएको छ। यो प्रसंगलाई लिएर सलमानले ‘मानिसले एउटी महिलाको इज्जत गर्न जान्नुपर्छ। जिम्मेदारी हुनुपर्छ। उसको मर्म बुझ्नुपर्छ,’ भनेका छन्।
बलिउडमा तीन दशक लामो अनुभव सँगालेका सलमानले यो समय कसरी बित्यो पत्तै नपाएको पनि बताएका छन्। हालै उनले दिएको एक अन्तर्वार्तामा लुलियाका बारेमा सोधिएको प्रश्नमा उनी उदास देखिएका थिए।
बलिउड अभिनेत्री प्रीति जिन्टाको विवाहको रिसेप्सन पार्टीमा सलमान र लुलियासँगै देखिएपछि उनीहरूको प्रेमप्रसंग र निजी जीवनका अनेकन गसिप आउने क्रम बढेको हो।
कुनै पनि महिलासँग देखिनु भनेको ऊसँग विवाह गर्छु भन्ने होइन भन्दै सलमानले मिडियाले उनको विवाहको खबर फैलाएर लुलियाको इज्जतको धज्जी उडाएको आरोपसमेत लगाएका छन्।
‘भारतीय होस् वा विदेशी कुनै पनि महिलालाई मिडियाले बेइज्जत गर्न हुँदैन’, सलमानले आक्रोश पोखेका छन्। पछिल्लो समय बलिउड बक्स अफिसमा बादशाह ठहरिएका सलमान अभिनीत पछिल्लो चलचित्र ‘सुल्तान’ यसै वर्ष रिलिज हुँदैछ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.