कस्तो अनुहार हुनेले कस्तो हेयरस्टाइल बनाउदा राम्रो ?
1. अण्डाकार अनुहार
यदी तपाइको मुहार ओवल शेप वा अण्डाकार छ भने कर्ली (घुम्रिएको) कपाल तपाईलाई राम्रो सुहाउँछ | वेव्स वा लेयरमा हेयरकट गर्दा तपाइले परफेक्ट लुक पाउन सक्नुहुन्छ | लामो वा स्ट्रेट कपाल तपाइँलाई सूट गर्दैन यसैले यो स्टाइल नगराउनुहोस् |
2. गोलो अनुहार
यदी तपाईको अनुहार गोलो आकारको छ भने कपालको लम्बाई सकेसम्म छोटो नै राम्रो हुन्छ | तपाइँलाई कर्ली स्टाइल मन पर्छ भने त्यो अपनाउन सक्नुहुन्छ तर हेयरकट गर्दा लेयर वा पीरामिड आकारको नै राम्रो हुन्छ |
3. (हार्ट)मुटु आकार
मुटु आकारको अनुहार भएकाहरुलाई जस्तो सुकै हेयरकट राम्रो हुन सक्छ | आफुलाई मन परेको जस्तो सुकै हेयर स्टाइल तपाइले छान्न सक्नुहुनेछ | मल्टी लेयर स्टाइल पनि तपाईलाई सुहाउन सक्छ |
4. चारकोण अनुहार
यदि तपाइको अनुहार चारकोण आकारको छ भने तपाइको कपाल स्ट्रेट हुनु राम्रो हुन्छ तर लम्बाई धेरै हुनु हुँदैन | साथै निधार केहि ढाकेर आफ्नो हेयर स्टाइल बनाउँदा राम्रो देखिन्छ |


0 comments
प्रतिक्रिया दिनुहोस्...