-->
नेपालमा फेरि ठूलो संकट भन्दै भारतीय मिडियामा प्रचण्ड बने हेडलाइन
Advertisement

काठमाडौं, २० जेठ । नेपालमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रमलाई भारतीय सञ्चारमाध्यमले ‘संकट’ भनेका छन् ।
खासगरी उनीहरुले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको ९ बुँदे सहमतिका अलावा सत्ता हस्तान्तरणको सहमति, प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बढ्दो कटुताले नेपालमा ठुलै राजनीतिक तुफानको संकेत देखिएको भनेका छन् ।
भारतीय मिडिया न्यूज २४ अनलाईनले ‘नेपाल में फिर बडे सियासी संकट के आसार, प्रचण्ड ने किया कैंबिनेट का बहिष्कार’ हेडलाइनमा समाचार छापेको छ । यो समाचारले आज बसेको मन्त्रिपरिषद बैठकमा माओवादीका मन्त्रीहरु सहभागी नभएको परिदृश्यलाई राजनीतिक तुफानको प्रारम्भिक चरण भनेको छ ।
समाचारमा बजेट घोषणा, कांग्रेसको विरोध र प्रचण्डको सत्ता मोहलाई प्रष्टसँग उल्लेख गर्दै भावी प्रधानमन्त्री प्रचण्ड नै लगभग निश्चित भइसकेको जनाइएको छ । दैनिक नेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.