फेसबुक चलाउनेहरुले यी १० जानकारी पढ्नुहोस् : के गर्ने के नगर्ने ?
के तपाईं फेसबुक चलाउनुहुन्छ ? फेसबुकमा तपाईं पहिलो काम के गर्नुहुन्छ ? फोटो खोज्दै लाइक हान्नुहुन्छ कि ? किअरुका स्टाटसमा कमेन्ट गर्दै हिंड्नुहुन्छ ? आफूले के गर्दैछु भनेर लेख्नुहुन्छ ?
१.
फेसबुकमा ताइ न तुइका दुई लाइन वा चार लाइन गजल र कविताका तुक्का हालेर
समय बर्बाद नगर्नुहोस् । त्यसो गरुन्जेल बरु देवकोटा, रिमाल, भूपी र
पारिजात वा अरु स्थापित कविका कविता पढ्नुहोस् । दुई लाइन लेखेर तपाईं कवि
बनिहाल्ने ग्यारेन्टी गर्न फेसबुक आएको होइन । त्यस्ता दुई लाइन आफ्नै
डायरीमा लेख्नुस् र घरपरिवारमा सुनाउनुस्, साथीलाई सुनाउनुस् ।
२.
फेसबुक सार्वजनिक स्थान हो । अरु मान्छेको समय बर्बाद गर्न आफ्ना भँडास
सबै नओकल्नुस् । सार्वजनिक ठाउँमा धुम्रपान, मध्यपान निषेध छ भन्ने
तपाईंलाई थाहै छ । तसर्थ, चुरोट पिएको, रक्सी खाँदै गरेको तस्विर नहाल्नुस्
। मापसे गर्न फेसबुकमा पनि मनाही छ ।
३.
‘मेरो मनमा के खेलिरहेको छ’ टाइपका स्टाटस नलेख्नुस् । उदास छु, दिक्क
लागेको छ, चिन्तामा छु, पेट दुःखेको छ, जस्ता स्टाटस लेखेर समाजमा निराशाको
धुँवा नछोड्नुस् । समाजमा तपाईंजस्ता एक्लै हुने र अलगावमा रुने मान्छे
मात्रै छ्रैनन् । एक्लोपन हटाउन साथीलाई भेट्नुस्, आफन्तकहाँ जानुस् ।
पुरानो साथीलाई फोन वा इमेल गर्नुस् । फेसबुक तपाईंको रोइलो सार्वजनिक
गर्ने ठाउँ होइन ।
४
एकथरी मान्छे चौबिसै घण्टा फेसबुकमा पसेर ‘गुड मर्निङ साथी हो’ ‘लौ
शुभरात्री’ ‘फलानो दिवसको शुभकामना’ भनिरहेका हुन्छन् । कतिसम्म भने उनीहरु
आफ्नो बच्चाले आज के–के उपति गर्यो ? उसले आँखा कसरी झिम्क्यायो ? ऊ आज
स्कुल गयो कि गएन ? जस्ता कुरा लेखिरहेका हुन्छन् । आज के तरकारी खाइयो
जस्ता निरर्थक स्टासटसको सट्टा कुन पुस्तक तपाईंलाई कस्तो लाग्यो ? कुन
सिनेमा किन मन पर्यो ? जस्ता अरुलाई पनि काम लाग्ने कुरा लेख्नुस् ।
५.
कोही कोही आफ्ना प्रेमी वा प्रेमिकालाई फेसबुकमा धम्की दिइरहेका हुन्छन्,
फकाइरहेका हुन्छन्, कसैलाई सम्झाइरहेका हुन्छन् । फेसबुक तपाईंको निजी जीवन
देखाउने ठाउँ होइन । आफ्नो ब्वायफ्रेन्ड वा गर्लफ्रेन्डलाई चिया वा कफी
पसलमा बोलाएर आफ्ना कुरा सुनाउनुस् । श्रीमान् वा श्रीमती घरबाहिर
हुनुहुन्छ र उनलाई सम्झाउने हो भने फोन गर्नुस् वा इमेल लेख्नुस् ।
फेसबुकको वालबाट दुनियाँलाई टेन्सन नदिनुस् ।
६.
केही व्यक्ति आफ्ना छोराछोरी वा आफन्तले एसएलसी पास गरेको वा विदेश गएको
भन्दै बधाइ दिइरहेका हुन्छन् । केही त जन्मदिनमा अरुले शुभकामना नदिए पनि
‘शुभकामना दिनेलाई धन्यवाद’ भन्ने स्टाटस लेखेका हुन्छन् । यस्ता निजी
जीवनका सूचना मेसेज बक्समा दिनुस् । तपाईंका छोराछोरीले राष्ट्रिय पुरस्कार
जितेको वा कुनै सामाजिक काम गरेको भए सार्वजनिक गरे हुन्छ । तपाईंको घरमा
साँच्चिकै सामाजिक महत्वको कुनै काम भएको हो भने त्यो लेख्नुस् । नत्र
तपाईंको घरभित्रको उत्सवको अरुलाई के मतलब ?
७.
एकथरी लेख्छन्– म फलानो ठाउँ जाँदैछु । म ढिस्कानो ठाउँमा आइपुगें । तपाईं
त्यहाँ पुग्यौ भन्ने अरुले थाहा पाउनैपर्ने हो भने लेख्नुस् । होइन भने
तपाईं कहाँ पुग्नुभयो, के खाँदै हुनुहुन्छ वा कहिले फर्कनुहुन्छ भन्ने खबर
फेसबुकमा किन लेख्नुपर्यो ? तपाईं फुपूको घरमा पुग्नुभयो कि मामाको पसलमा ?
त्यो तपाईंका परिवारका सदस्यलाई बाहेक अरुलाई किन जान्नुपर्यो
८.
केही व्यक्ति आफ्नै फोटो दिनमा तीनपटक फेर्छन् । प्रोफाइल फोटो मात्रै
हरेक दिन फेरिरहेका हुन्छन् । श्रीमान् वा श्रीमतीसँग टाँस्सिएर खिचेका
फोटोहरु फेसबुकमा हालेर अन्टसन्ट लेखिरहेका हुन्छन् । एकथरी फेसबुकमा फोटो
मात्रै अपलोड गरिरहेका हुन्छन् । अर्कोथरीले लाइक गर्दै बस्ने वा ‘गज्जब’,
‘राम्रो’ भन्दै लेखिबस्छन् । त्यसको के जरुरी ? फोटो देखाउनै मन हो भने
साथीहरुलाई घरमै बोलाएर एल्बम देखाउनुस् वा आफन्तलाई फोटो पठाउनै पर्नेछ
भने इमेलमा पठाउनुस् । दुनियाँलाई रमिता नदेखाउनुस् ।
९.
फेसबुकमा हारेका, थाकेका, चिन्तित भएका, हतोत्साही भएका र कुण्ठित
व्यक्तिहरु धेरै सक्रिय छन् भनिन्छ । सबैभन्दा धेरै निराश र कुण्ठितहरु नै
अरुलाई गाली गर्ने, अपशब्द बोल्ने, सराप्ने गरेर आफ्नो आत्मतुष्टि पूरा
गर्ने गर्छन् । नेताहरुका नाम लिएर गाली गर्ने, अरुका स्टाटसमा बहस होइन,
गालीगलौजमा उत्रनेहरु स्वस्थ मानसिकताका मान्छे होइनन् । तपाईं स्वस्थ
हुनुहुन्छ भने तर्क गर्नुस्, विचार राख्नुस्, तथ्यहरु पेश गर्नुस्,
गालीगलौज गरेर झगडालु वा कुण्ठित नदेखिनुस् ।
१०.
मूलधारका मिडिया भनिनेठूल्ठूला टिभी च्यानल, अखबार, रेडियो वा अनलाइन
माध्यममा आएका झुठ कुराको जनस्तरमा खण्डन गर्ने माध्यम अहिले फेसबुक भएको छ
। तपाईंलाई चित्त नबुझेको, बंग्याइएको वा गलत खालको समाचार ठूला मिडियामा
आएको छ भने फेसबुकबाट खण्डन गर्नुस् । तथ्य देखाउनुस् र आफ्ना विचारहरु
लेख्नुस् । तर, गालीगलौज गरेर फेसबुकमा ‘फलानो चोर देश छोड’ पारामा नारा
नलेख्नुस् । नारा लगाउनका लागि सडकमा जानुस् र अरुलाई पनि बरु फेसबुकबाटै
सूचना गरेर सडकमा बोलाउनुस् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...